नेपाली कांग्रेस अर्घाखााँचीको महाधिवेशन प्रतिनिधिमा शान्ता अर्यालको उम्मेद्वारी

2023

अर्घाखाँची । ३२ बर्ष निजामती प्रशासनमा सेबा प्रदान गरेकी छ्त्रदेब गाउँपालिका १ चिदिका निबासी शान्ता अर्यालले नेपाली काङ्ग्रेसको आसन्न १४औ माहाधिबेसन प्रतिनिधिमा आफ्नो उम्मेद्वारी दिएकी छ्न। ३२ बर्ष सम्मको निजामती सेबाको अनुभव सङगालेकी अर्याल नेपाली काङ्ग्रेसको सुभेछुक सस्था मार्फत बर्सौदेखी कर्मचारीको हक र हितको लागी लडेकि थिईन ।

आफ्नो अनुभव र बिचार मार्फत माहिला अधिकार र सामाजिक रुपान्तरणको लागी उम्मेद्वारी दिएको बताउदै अर्यालले आफ्नो उम्मेद्बारी सम्पूर्ण महिलाहरुको प्रतिनिधित्व गर्ने भन्दै सबैमा सहयोगको लागि अपिल समेत गरेकी छिन। जागीरको सिलसिलामा विभिन्न जिलामा रहेपनी आफ्नो पहल र प्रयासबाट अर्घाखाँचीको छ्त्रदेब सहित विभिन्न स्थानीय तहमा योजना पारेर काम गर्दै आएकी अर्यालले निजामती सेबामा हुदा पनी गाउँको बिकासको लागी पहल गरेकी थिईन।