उत्कृष्ट, लगनशीलता पत्रकारिताबाट पत्रकार पौडेल सम्मानित

178

अर्घाखाँची, १ असाेज । पाल्पा जिल्लाको पश्चिम भेग रैनादेबी छ्हरा- ४ पाल्पाबाट प्रसारण भैरहेको रेडियो मुक्तिनाथ ९०.८ मेगाहर्जले आफ्नो १७ औ बार्सिकोत्सब आज मनाएकाे छ । बि.सं. २०६१ सालमा स्थापना भएको रेडियोले ग्रामीण भेगका जनताको मन जित्न सफल भएको छ ।

रेडियो हरुको प्रतिस्पर्धाको बिच पनि यो रेडियो समाज केन्द्रित हुँदै समाजको सत्य तथ्य समाचर संकलनमा अग्रस्थान मा रहेको छ । यसै बिचमा उत्कृष्ट लगनशीलताको मुल्यांकन गरि पत्रकार माधव पौडेल लाई सम्मान गरेको छ । पौडेल विभिन्न रेडियो, टेलिभिजन , पत्रीकामा आवद्व भई अर्घाखाँचीबाट पत्रकारिता गर्दछ्न ।

बार्सिकोत्सब कार्यक्रममा रैनादेबी गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कि, रेडियोका स्टेसन म्यानेजर भुवन रायमाझीले पौडेललाई सम्मान पत्र सहित सम्मान गर्नुभएको थियाे ।