लाेमश उवाच
पूरा वृत्रादिभिर्दैत्यैर्वर्तमाने महाहवे ।
हत: शक्रेण नमुचिरपां फेनेन वै बली ।।१ ।।
लाेमश ऋषि भन्नुहुन्छ- पहिले सत्ययुगमा वृत्रादि दैत्यहरूसँग भयानक युद्ध भइरहने सिलसिलामा इन्द्रले विष राखेकाेे पानीकाे फीँजले बली नमुचिलाई मारे ।।१ ।।
दैत्यान् पलायितान् दृष्ट्वा हन्यमानान्सुरैर्भृशम् ,
वृत्र: काेपपराविष्टाे देवान्यद्धुमथा ययाै ।।२ ।।
देवताहरूबाट पटक पटक प्रताडना भाेगिरहेका दैत्यहरू भागिरहेकाे देखेर वृत्रासुर रिसाएर युद्ध गर्न अगाडि सर्याे ।।२ ।।
कालाग्निसदृशं रूपं धारयित्वा महाजवम् ।
व्यवर्धत महातेजा राेदसी पूरयन्निव ।।३ ।।
कालकाे जस्ताे डरलाग्दाे रूप धारण गरेकाले वृत्रासुरकाे अप्रतिम तेजद्वारा पृथिवी र आकाश ढाकिएझैँ भयाे ।।३ ।।
तं दृष्ट्वा भयवित्रस्ता देवा: शक्रपुराेगमा: ।
कर्तव्यं नाभ्यपद्यन्त तदा गुरुरुवाच ह ।।४ ।।
त्यस वृत्रासुरलाई देखेर भयभीत भएकाले इन्द्रादि देवताहरू कर्तव्य छिचल्न असमर्थ भए ।अर्थात् कि कर्तव्य विमूढ भए ।।४ ।।
गुरुरुवाच
तपसा सुमहाेग्रेण व्रतेन नियमेन च ।
अजेयाे$यं महातेजाे वृत्र: शत्रुविनाशन: ।।५ ।।
देवगुरु बृहस्पति भन्नुहुन्छ – कठाेर तपस्या , व्रत ,नियमकाे यथाेचित परिपालना गरेकाले मार्नुपर्ने याे असुर शत्रु वृत्र महान् तेजशाली बनेकाे हाे ।।५ ।।
आराधयति तं देवं पूज्यं शङ्करमव्ययम् ।
व्रतेन विधियुक्तेन वृत्रं जेष्यथ मा चिरम् ।।६ ।।
वृत्रले ती अविनाशी पूज्य शङ्करकाे विधिवत् आराधना गरेकाे छ ।यदि तिमीहरूले पनि आशुताेष भगवानकाे सविधि अर्चना गर्याै भने वृत्रासुरलाई झट्टै जित्नेछाै ।।६ ।।
देवा ऊचू:
गुराे केन विधानेन कीदृशेन व्रतेन च ।
आराधनीयाे गाैरीशाे ह्यस्माकैर्जयकामुकै: ।।७ ।।
देवताहरूले भन्नुभयाे – हे गुरुदेव! विजयकाे अभिलाषा राखेका हामीहरूले कस्ताे विधि अवलम्बन गरेर कुन व्रतकाे अनुष्ठान गरेर गाैरीप्रिय भगवान शङ्करकाे आराधना गर्नुपर्दछ ।।७ ।।
तद् वदस्व सुराचार्य त्वं हि न: परमागति: ।
कार्तिकादिषु मासेषु मन्दवारे त्रयाेदशी ।।८ ।।
हे देवताहरूका आचार्य बृहस्पति! त्याे भन्नुहाेस् ।तपाईं नै हाम्राे परमगति हुनुहुन्छ ।
कार्तिक लगायत कुनै पनि महिनामा शनिबार त्रयाेदशी तिथि पर्याे भने त्याे दिन भगवान शङ्करकाे विशेष आराधना गर्ने विधान छ ।यस विधानलाई शनित्रयाेदशी भनिन्छ ।।८ ।।
विशेषाच्छुक्लपक्षेषु सर्वकामकरी शुभा ।
तस्यां प्रदाेषसमये लिङ्गरूपी सदाशिव: ।।९ ।।
विशेषत: शुक्लपक्षकाे प्रदाेषकालमा झमक्क साँझ परेका बेलामा लिङ्गरूपी सदाशिवकाे आराधना गर्नाले राम्रा सबै सङ्कल्पहरू पूरा हुन्छन् ।।९ ।।
पूजनीयाे हि देवेन्द्र सर्वकामसमृद्धये ।
स्नात्वा मध्याह्नसमये तिलामलकसंयुतम् ।।१० ।।
देवराज इन्द्र ! मध्याह्नमा तिल र अमला मिसाएकाे जलले नुहाएर सबै सङ्कल्प सिद्ध हुन् भनेर भगवान शङ्करकाे पूजा गर्नुपर्दछ ।।१० ।।
शिवस्य चार्चनं कुर्याद् गन्धपुष्पफलादिभि: ।
पश्चात् प्रदाेषसमये स्थावरं लिङ्गमर्चयेत् ।।११ ।।
चन्दन ,फूल ,फलहरूले षाेडशाेपचारविधिले पूजा गर्नुपर्दछ ।बेलुका साँझमा स्थावर लिङगकाे पूजा गर्नुपर्दछ ।।११ ।।
स्वयम्भू: स्थापितं वापि पाैरुषेयमपाैरुषम् ।
जने वा विजने वापि अरण्ये च तपाेवने ।।१२ ।।
आफैँ पृथिवीकाे गर्भबाट उत्पत्ति भएका स्वयम्भू ,कुनै महापुरुष वा भक्त विशेषले स्थापना गरेका पाैरुषेय ,कसैले आफ्ना साँचामा न ढालेकाअपाैरुषेय ,बस्तीका ,मान्छे नदेखिने ठाउँका एक्लासका ,जङ्गलका अथवा तपाेवनका शिवलिङ्गकाे आराधना गर्नसकिन्छ ।।१२ ।।
ग्रामाद् बहिः स्थितं लिङ्गं ग्राम्याच्छतगुणं स्मृतम् ।
बाह्याच्छतगुणं पुण्यमारण्यस्य च पूजने ।।१३ ।।
वन्याच्छतगुणं पुण्यं लिङ्गं वै पर्वते स्थितम् ।
पर्वताच्चायुतं पुण्यंतपाेवन समाश्रितम् ।।१४ ।।
काश्यादि संस्थितं लिङ्गं पूजितं स्यादनन्तकम् ।। १५ ।।
गाउँकाे शिवलिङ्गकाे पूजा गर्दाभन्दा गाउँबाहिरकाे शिवलिङ्गकाे पूजा गर्दा सयगुना बढी फल मिल्दछ ।गाउँबाहिरकाे शिवलिङ्गकाे पूजा गर्दाभन्दा जङ्गलकाे शिवलिङ्गकाे पूजा सयगुना थप फल प्रप्त हुन्छ ।वनकाे शिवलिङ्गकाे पूजा गर्दाभन्दा पर्वतकाे शिवलिङ्ग पूजा गर्दा सयगुना अधिक फल मिल्दछ ।काशी , प्रयाग ,पुष्करजस्ता तीर्थस्थलहरूका शिवलिङ्गकाे पूजा गर्दा अनन्तगुना फल मिल्दछ ।।१३, १४ र १५।।
ज्ञात्वा च शिवपूजाया: विधि शम्भुं प्रपूजयेत् ।
कूपवापीतडागेषु देवखातनदीषु च ।।१६ ।।
शिवपूजा विधि राम्राेसँग बुझेर भगवान शङ्करकाे पूजा गर्नुपर्दछ ।कुवा , इनार , तलाउ , तीर्थस्थल र नदीहरूमा क्रमश: सयसय गुना बढी फल मिल्दछ ।।१६ ।।
क्रमाच्छतगुणं पुण्यं गण्डक्यां स्यादनन्तकम् ।
पञ्चपिण्डाननुद्धृत्य न स्नायात् परवारिणी ।।१७ ।।
अन्यत्र क्रमश: सयसय गुना बढी फल मिल्दछ भने गण्डकीमा स्नान गर्नाले अनन्तगुना फल मिल्दछ ।पाँचपिण्ड नदिइकन घरबाहिरकाे जलमा स्नान गर्नुहुँदैन ।।१७ ।।
तत: प्रदाेषसमये स्नात्वा माैनं समाचरेत् ।
प्रदीपानां सहस्रेण दीपनीय: सदाशिव: ।।१८ ।।
प्रदाेषकालमा नुहाएर माैनधारण गर्नुपर्दछ । घिउमा भिजाएका एक हजार बत्तीले सदाशिवकाे आरती गर्नुपर्दछ ।।१८ ।।
शतेनप्यथवा देवाे द्वात्रिंशद्दीपमालया ।
घृतेन दीपयेद्दीपाञ्छिवस्य परितुष्टये ।।१९ ।।
एक सय अथवा कम्तीमा पनि बत्तीस वटा घिउमा मलेका बत्तीले सदाशिवकाे आरती गर्नुपर्दछ ।।१९ ।।
तथा फलैश्च धूपैश्च नैवेद्यैर्विविधैरपि ।
उपचारै: षाेडशभिर्लिङ्गरूपी सदाशिव: ।।२० ।।
फल , धूप , नैवेद्य आदि साेह्र प्रकारका सामग्रीले लिङ्गरूपी सदाशिवकाे पूजा गर्नुपर्दछ ।।२० ।।
पूज्य: प्रदाेषसमये नृभि: सर्वार्थसिद्धये ।
नाम्नां शतेन रुद्राे$ साै स्ताेतव्यश्च स्तुतिप्रिय ।।२१ ।।
प्रदाेष समयमा सर्वार्थसिद्धि प्राप्तिका लागि स्तुतिप्रिय रुद्र भगवानका यी सय नाम उच्चारण गरेर स्तुति गर्नुपर्दछ ।।२१ ।।
नमाे रुद्राय भीमाय नीलकण्ठाय वेधसे ।
कपर्दिने सुरेशाय व्याेमकेशाय वै नम: ।।२२ ।।
वृषध्वजाय सामाय साेमनाथाय वै नम: ।
दिगम्बराय भर्गाय उमाकान्त कपर्दिने ।।२३ ।।
तपाेमयाय व्यासाय शिपिविष्टाय वै नम: ।
व्यालप्रियाय व्यालाय व्यालानां पतये नम: ।।२४ ।।
महीधराय व्यासाय शिपिविष्टाय वै नम: ।
त्रिपुरान्तकाय सिंहाय शार्दूलाय झषाय च ।।२५ ।।
भीताया$भीतनाथाय सिद्धाय परमेष्ठिने ।
कामान्तकाय बुद्धाय बुद्धीनां पतये नम: ।।२६ ।।
कपाेताय विशिष्टाय शिष्टाय परमात्मने ।
वेदगीताय गुप्ताय वेदगुह्याय वै नम: ।।२७ ।।
दीर्घाय दीर्घरूपाय दीर्घार्थाय मृडाय च ।
नमाे जगत्प्रतिष्ठाय व्याेमरूपाय वै नम: ।।२८ ।।
गर्वकृत् सुमहाकृत्य अन्धकारसुभेदिने ।
नीललाेहितशुक्लाय चण्डमुण्डप्रियाय च ।।२९ ।।
भक्तिप्रियाय देवाय ज्ञाता$ ज्ञातव्ययाय च ।
महेशाय नमस्तुभ्यं महादेव हराय च ।।३० ।।
त्रिनेत्राय त्रिदेवाय वेदाङ्गाय नमाे नम: ।
अर्थाय अर्थरूपाय परमार्थाय वै नम: ।।३१ ।।
विश्वरूपाय विश्वाय विश्वनाथाय वै नम: ।
शङ्कराय च कालाय कालावयवरूपिणे ।।३२ ।।
अरूपाय विरूपाय सूक्ष्मासूक्ष्माय वै नम: ।
श्मशानवासिने तुभ्यं नमस्ते कृत्तिवाससे ।।३३ ।।
शशाङ्कशेखरायैव रुद्रभूमिश्रयाय च ।
दुर्गाय दुर्गपाराय दुर्गावयवसाक्षिणे ।।३४ ।।
लिङ्गरूपाय लिङ्गाय लिङ्गानां पतये नम: ।
नम: प्रभवरूपाय प्रणवार्थाय वै नम: ।।३५ ।।
नमाे नम: कारणकारणाय
मृत्युञ्जयायात्मभवस्वरूपिणे ।
त्रियम्बकायासितकण्ठभर्ग
गाैरीपते मङ्गलहेतवे नम: ।।३६ ।।
रुद्र , भीम , नीलकण्ठ ,वेधा , कपर्दी ,तपाेमय ,साेमनाथ , दिगम्बर ,भर्ग ,उमाकान्त ,कपर्दी , तपाेमय ,व्यास , शिपिविष्ट ,व्यालप्रिय , व्याल ,व्यालपति ,महीधर ,व्याघ्र , पशुपति , त्रिपुरान्तक ,सिंह , शार्दूल , झष ,मीत , अमित , नाथ ,सिद्ध , परमेष्ठी ,कामान्तक ,बुद्ध , सिद्ध , बुद्धिपति ,
कपाेत , विशिष्ट ,परमात्मा , वेदगीत ,गुप्त , वेदगुह्य ,दीर्घ , दीर्घरूप ,दीर्घार्थ , मृड ,जगत्प्रतिष्ठ , व्याेमरूप ,गर्वरूप ,समूह ,आदित्य ,अन्धकार सुभेदी ,नीललाेहित ,शुक्ल , चण्ड , मुण्डप्रिय ,भक्तिप्रिय ,देव , ज्ञात , अज्ञात ,अव्यय , महेश,महादेव , हर , त्रिनेत्र ,त्रिदेव ,वेदाङ्ग , अर्थ , अर्थरूप ,परमार्थ , विश्वरूप , विश्व ,विश्वनाथ ,शङ्कर ,काल ,कालावयवरूपी ,अरूप , विरूप ,सूक्ष्मासूक्ष्म , श्मशानवासी ,कृत्तिवासा ,शशाङ्कशेखर ,रुद्रभूमिश्रय ,दुर्ग , दुर्गपार ,दुर्गावयव , साक्षी ,लिङ्गरूप , लिङ्गपति ,प्रभारूप , प्रणवार्थ ,कारणकारण ,मृत्युञ्जय ,आत्मभवस्वरूपी ,त्र्यम्बक र मङ्गलहेतु यी भगवान शङ्करका एकसय नाम हुन् ।।२२ -३६ ।।
नाम्ना शतं महेन्द्रस्य उच्चार्य व्रतिना सदा ।
प्रदक्षिणा नमस्कारा एतत्सङ्ख्या प्रयत्नत: ।।३७ ।।
महादेवका एक सय नाम उच्चारण गरेर व्रतका दिन नियमित रूपमा व्रतालुले लागिपरेर एकसय पटक परिक्रमा र एकसय पटक नमस्कार गर्नुपर्दछ ।।३७ ।।
कार्या प्रदाेषसमये तुष्ट्यर्थं शङ्करस्य च ।
एतत् व्रत मयादिष्टं तव शक्र महामते ।।३८ ।।
भगवान शङ्करलाई प्रसन्न बनाउन प्रदाेषकालमा याे शनित्रयाेदशी व्रत गर्नुपर्दछ ।बुद्धिमान् इन्द्र ! मैले तिमीलाई प्रदाेष व्रतकाे विधान बताएँ ।।३८ ।।
शीघ्रं कुरु महाभाग पश्चात् युद्धं कुरु प्रभाे ।
शम्भाे: प्रसादात् सर्वं ते भविष्यति जयादिकम् ।।३९ ।।
पुण्यशाली देवराज इन्द्र ! याे व्रत चाँडै गर्नुहाेस् ।व्रत पूरा गरेर युद्ध गर्नुहाेस् ।भगवान शङ्करका कृपा प्रसादबाट विजयश्रीकाे तिलक तपाईँलाई प्राप्त हुनेछ ।।३९ ।।
शक्र उवाच
वृत्र कदा महेशानं समाराधयदादरात् ।
कथं च स वरं प्राप्त: पूरा कश्चाभजद्विज: ।।४० ।।
देवराज इन्द्रले भन्नुभयाे- वृत्रासुरले कहिले महेश्वरकाे आदरसहित उपासना गर्याे ? ।कसरी वर प्राप्त गर्याे ? ।ऊ पहिला काे थियाे ? ।।।४० ।।
गुरुरुवाच
वृत्राेह्ययं महातेजस्तपस्वी तपसा पुरा ।
शिव प्रसादयामास पर्वते गन्धमादने ।।४१ ।।
देवगुरु बृहस्पतिले भन्नुभयाे – पहिला गन्धमादन पर्वतमा तपस्या गरेर तपस्याद्वारा वृत्रासुरले भगवान शङ्करलाई प्रसन्न बनाएकाे थियाे ।त्यसाे भएका हुनाले याे वृत्रासुर तेजसम्पन्न तपस्वी बनेकाे हाे ।।४१ ।।
नाम्ना चित्ररथाे राजा वनं चित्ररथस्य तत् ।
एतज्जानिहि भाे इन्द्र तव पूर्या: समीपत: ।।४२ ।।
चित्ररथ राजाकाे नाममा चित्ररथ वनकाे नामकरण भएकाे हाे ।याे वन तिम्राे अमरावतीकाे नजिकै पर्दछ ।।४२ ।।
यस्मिन् वने महाभागा वसन्ति च महर्षय: ।
तस्मात् चैत्ररथं नाम वनं परममङ्गलम् ।।४३ ।।
जुन वनमा तेजस्वी महाभाग महर्षिहरू बस्नुहुन्छ ।यस कारण चैत्ररथ वन परममङ्गलदायक छ ।।४३ ।।
तस्य दत्तं शिवेनैव यानं च परमाद्भुतम् ।
कामदं किङ्किणीयुतं सिद्धचारणसंयुतम् ।।४४ ।।
चित्ररथलाई भगवान शङ्करले मणिमाणिक्य रत्नजडित इच्छानुसार भ्रमण गर्नसकिने दिव्य विमान दिनुभयाे ।।४४ ।।
गन्धर्वैरप्सराेयक्षै : किन्नरैरुपशाेभितम् ।
ततस्तेनैव यानेन पृथिवीं पर्यटन् पुरा ।।४५ ।।
गन्धर्व, अप्सरा ,यक्ष , किन्नरहरूद्वारा सुसज्जित त्याे यानमा चढेर पृथिवी घुमे ।।४५ ।।
तथा गिरिसमुद्राँश्च द्वीपाँश्च विविधाँस्तथा ।
एकदा पर्यटन् राजा नाम्ना चित्ररथाे महान् ।।४६ ।।
पर्वत , समुद्र र द्वीपहरू हेर्दै हेर्दै महान् राजा चित्ररथ कैलासमा पुगे ।।४६ ।।
कैलासमागतस्तत्र ददर्श परमाद्भुतम् ।
तथा सभां महेशस्य गणैश्चैव विराजितम् ।
अर्धाङ्गलग्नया देव्या शाेभितं च महेश्वरम् ।।४७ ।।
चित्ररथले कैलासमा अद्भुत दृश्य देखे । शिवसभामा सारा गण सेवामा उपस्थित थिए ।अर्धनारीश्वर धारण गर्नुभएका शङ्करले सनकादि याेगेश्वरहरूलाई ब्रह्मविद्या उपदेश गरिरहनुभएकाे थियाे ।।४७ ।।
निरीक्ष्य देव्या सहितं सदाशिवम् ।
कर्पूरगाैरं वरमम्बुजेक्षणम् ।
कपर्दिनं चन्द्रकलाविभूषितं
गङ्गाधरं देववरं सभायाम् ।।४८ ।।
कपूरजस्तै सेताे वर्ण भएका ,कमलजस्ता खुलेका ठूला ठूला आँखा भएका ,जटाधारी ,चन्द्रमाका अमृतमय साेह्र कलाबाट विभूषित , शिरमा गङ्गा धारण गर्नुभएका सदाशिवलाई पार्वतीलाई साथमा राखेकाे देखे ।।४८ ।।
प्रहस्य राजा च तया गिरीश
न्यायान्वितं वाक्यमिदं वभाषे ।
वयं च शम्भाे विषयान्विताश्च
मर्त्यादय: स्त्रीविजितास्तथान्ये ।।४९ ।।
त्यस्ताे दृश्य देखेर राजा चित्ररथ उपहास गरेर तर्कयुक्त वचन बाेले – हे शिव! हामी मानिसहरू त विषयमा लम्पट भएर स्त्रीद्वारा पराजित भएका छाैँ । अरूकाे गति पनि यस्तै हाे? ।पत्नीलाई आलिङ्गन गरेर ब्रह्मसभामा प्रवेश गरेकाे समेत कतै पनि देखिनँ।।४९ ।।
एवं वाक्यं निशम्याथ गिरीश: प्रहसन्निव ।
उवाच न्यायसंयुक्तं सर्वेषामपि श्रृण्वताम् ।।५० ।।
राजा चित्ररथका यस्ता वचन सुनेर भगवान शङ्करले हाँसेजस्ताे गरेर सबैलाई न्यायसम्मत सम्बाेधन गर्दै भन्नुभयाे ।।५० ।।
शिव उवाच
मम लाेकापवादश्च सर्वेषां न भवेद्यथा ।
भक्षितं कालकूटं मे सर्वेषामपि दुर्जयम् ।।५१ ।।
भगवान सदाशिवले भन्नुभयाे – सबैका लागि दुर्जय बनेकाे कालकूट विष मैले खाएँ ।त्याे काम सबैले गर्न सक्दैनन् ।मलाई लाेकापवाद पनि लाग्दैन ।।५१ ।।
लाेकातीतं च मे वृत्तं तथाप्युपहसत्यसाै ।
ततश्चित्ररथं देवी गिरिजा वाक्यमव्रबीत् ।।५२ ।।
मेरा व्यवहारहरू लाेकातीत छन् तर पनि यी चित्ररथले मेराे उपहास गर्दछन् ।भगवान शङ्कर बाेल्दा बाेल्दै जगदम्बा पार्वती बाेल्नुभयाे ।।५२ ।।
कथं दुरात्मनानेन शङ्करश्चाेपहासित: ।
मया सहैव मन्दात्मन्नीक्षसे कर्मण: फलम् ।।५३ ।।
दुष्ट याे चित्ररथले मैरै अगाडि भगवान शङ्करकाे खिल्ली उडायाे ।मैले तँलाई कर्मफल देखाउँछु ।।५३ ।।
साधूनां समचित्तानां उपहासं कराेति य: ।
देवाे वाप्यथवा मर्त्य: स विज्ञेयाे$ धमाधम: ।।५४ ।।
समदर्शी महात्माकाे जसले खिल्ली उडाउँछ त्याे अथवा उच्चकाेटिकाे मानव कहलिए पनि सबैभन्दा घटिया हाे भनेर बुझ्नुपर्दछ ।।५४ ।।
एते मुनीन्द्राश्च महानुभावा
स्तथाप्येते ऋषयाे वेदगर्भा: ।
तथैव सर्वे जनकादयाे ह्यमि
अज्ञाननाशाच्छिवमर्चयन्ति ।।५५ ।।
यी उच्चकाेटिका मुनिहरू ,वेदगर्भ ऋषिहरू ,त्यस्तै सनकादि याेगेश्वरहरू सबै अज्ञाननाश गर्नका लागि सदाशिवकाे आराधना गर्दछन् ।।५५ ।।
रे मूढ सर्वेषु जनेष्वभिज्ञ
स्त्वमेव चैकाेसि पराे न कश्चन ।
तस्मादति प्राैढतरं नरं त्वां
संशिक्षये प्राैढतरं नैव कुर्याद् यथा त्वम् ।।५६ ।।
मूर्ख! तँ मात्र जान्ने बुझ्ने छस् ?तँ बाहेक अरू काेही जान्ने छैन? आफूले आफूलाईमात्र परिपक्व ठान्दछस् आज म तँलाई शिक्षा दिन्छु ।तँ जस्ताे छस् त्यस्तै व्यवहार गर्छु ।।५६ ।।
अस्मात्पत विमानात्त्वं दैत्याे भूत्वा सुदुर्मते ।
मम शापेन दग्धस्त्वं गच्छाद्य च महीतलम् ।।५७ ।।
मूर्ख ! मेरा श्रापले जलेर तँ विमानबाट खस् दैत्य बनेर पृथिवीमा जा ।।५७ ।।
एवं शप्तस्तदा देव्या भवान्या राजसत्तम: ।
राजा चित्ररथ: सद्य: पपात सहसा दिव: ।।५८ ।।
यसरी भवानीले श्राप दिएपछि राजश्रेष्ठ चित्ररथ तत्काल आकाशबाट खसे ।।५८ ।।
आसुरीं याेनिमापन्नाे वृत्राे नाम्ना$ भवत्तदा ।
तपसा परमेणैव त्वष्टा: संयाेजित: क्रमात् ।।५९ ।।
असुर कुलमा जन्म भयाे ।वृत्र नाम रह्याे ।ठूलाे तपस्याबाट वृत्रलाई त्वष्टा ऋषिले प्राप्त गरे र तपश्चर्याका लागि प्रेरणा प्रदान गरे ।।५९ ।।
तपसा ब्रह्मचर्येण शम्भाेराराधनेन च ।
व्रतेनानेन च बली जेतुं शक्याे न केनचित् ।।६० ।।
तपाेबल , ब्रह्मचर्य व्रतकाे परिपालनाकाे फल , भगवान शङ्करकाे आराधना र याे शनित्रयाेदशी व्रतका पुण्यका प्रतापले महाबलशाली भएकाले यसलाई कसैले पनि जित्न सक्दैन ।।६० ।।
आसुरेण हि भावेन व्यङ्गं चक्रे व्रतं यत: ।
तेन च्छिद्रेण चैवासाै पश्चाज्जेयाे भविष्यति ।।६१ ।।
आसुरभावका वशमा परेर व्रत विपरीत गरेकाे थियाे ।यही दाेषका कारण केही समयपछि वृत्रासुर जित्न याेग्य हुनेछ ।।६१ ।।
तस्मात्त्वमपि देवेन्द्र कृत्वा चेदं व्रतं शुभम् ।
हनिष्यसि महाबाहाे वृत्रं नास्त्यत्र संशय: ।।६२ ।।
पुरुषार्थी देवराज ! त्यसकारण तिमीले पनि याे पवित्र व्रत गरेर असुर शत्रु वृत्रकाे वध गर्नेछाै , यसमा कुनै शङ्का छैन ।।६२ ।।
गुराेस्तद् वचनं श्रुत्वा ह्यवाचाथ शतक्रतु: ।
उद्यापनविधिं ब्रूहि प्रदाेषस्य च मे$ धुना ।।६३ ।।
देवगुरु बृहस्पतिका ती वचन सुनेर सय पटक यज्ञ गरेका इन्द्रले भने – हे गुरुदेव! अब मलाई प्रदाेष व्रतकाे उद्यापन विधि बताइदनुहाेस् ।।६३ ।।
गुरुरुवाच
कार्तिके श्रावणे प्राप्ते मन्दबारे त्रयाेदशी ।
सम्पूर्णा तु भवेद्या सा समग्रव्रतसिद्धये ।।६४ ।।
देवगुरु बृहस्पतिले भन्नुभयाे – श्रावण वा कार्तिक महिनाकाे शनिबार त्रयाेदशी तिथि पर्याे भने व्रत पूरा हुन्छ ।त्यसबेला समग्र व्रत सिद्धिका लागि वृषभदान गर्नुपर्दछ ।।६४ ।।
वृषभाे राजत: कार्य पृष्ठे तस्य सुपीठकम् ।
तस्याेपरि न्यसेद् देवमुमाकान्तं त्रिलाेचनम् ।।६५ ।।
नन्दीकाे चाँदीकाे प्रतिमा बनाउनुपर्दछ ।नन्दीका ढाडमा राम्राे पीठिका बनाउनु पर्दछ । पीठिकामा उमापति महादेवकाे स्थापना गर्नुपर्दछ ।।६५ ।।
पञ्चवक्त्रं दशभुजमर्धाङ्गे गिरिजां सतीम् ।
साैवर्णीं प्रतिमां कृत्वा ताम्रकुम्भजलैर्युतम् ।।६६ ।।
पञ्चमुखी ,दस हातले युक्त भएकाे , बायाँ भागमा सती गिरिजा बस्नुभएकाे भगवान सदाशिवकाे सुनकाे प्रतिमा बनाउनु पर्दछ।तामाकाे कलशमा तीर्थजल भर्नुपर्दछ ।।६६ ।।
पञ्चरत्नफलाेपेतं पञ्चपल्लवशाेभितम् ।
चन्दनेन सुगन्धेन मिश्रितं शाेभितं तथा ।।६७ ।।
कलशलाई पञ्चरत्न , ऋतुफल ,पञ्चपल्लव र सुगन्धित चन्दनले सिजाउनु पर्दछ ।।६७ ।।
राैप्यपात्रं तत: कृत्वा कुम्भस्याेपरि विन्यसेत् ।
अशक्ताे मृण्मयं कुम्भं वंशपात्रमथापि वा ।।६८ ।।
कलशमाथि राख्ने चाँदीकाे थाली बनाउनुपर्दछ ।तामाकाे कलश बनाउन नसक्ने व्रतालुले माटाकाे अथवा बाँसकाे भए पनि कलश बनाउनुपर्दछ ।।६८ ।।
पूर्णशरावं संस्थाप्य साैवर्णीं प्रतिमां तथा ।
शक्त्या कृतां प्रतिष्ठाप्य वस्त्रमाल्यविभूषणै: ।।६९ ।।
शराव भरेकाे मूलकलशमा स्थापना गरेकाे भगवान शङ्करकाे सुनकाे प्रतिमालाई यथाशक्ति वस्त्र ,फूल , माला, आभूषण , दक्षिणा, जनै , सुपारी चन्दन ,लावा ,अर्घ , पञ्चामृत आदि चढाएर पूजा गर्नुपर्दछ ।।६९ ।।
पूजयित्वा विधानेन रात्राै जागरणं चरेत् ।
पुण्यमण्डपिकामादाै कृत्वा श्रद्धासमन्वित: ।
आवाहयेत् प्रथमताे मन्त्रेणानेन सुव्रत ।।७० ।।
व्रत गर्ने दिनभन्दा पहिल्यै श्रद्धा भक्तिले पवित्र यज्ञशाला बनाउनु पर्दछ ।वैदिक तथा लाैकिकमन्त्र उच्चारण गरेर सदाशिवकाे आवाहन गरेर सविधि पूजा गर्नुपर्दछ । व्रतकाे रात्रिमा जागरण बस्नुपर्दछ ।।७० ।।
निपत्य दण्डवत् भूमाै प्रणम्य च पुन: पुन: ।
क्षमापयित्वा देवेशं रात्राै जागरणं चरेत् ।।७१ ।।
भुईँमा बसेर बारम्बार प्रणाम गरेर महादेवसँग क्षमा माग्नुपर्दछ ।रात्रीमा जाग्राम बस्नुपर्दछ ।।७१ ।।
गीतवाद्यादिनृत्याद्यैर्गृहे वा देवतालये ।
वितानमण्डपं कुर्यात् नानावर्णै: समन्वितम् ।। ७२ ।।
गाउन ,बजाउन ,नाच्न मिल्ने रङ्गी विरङ्गी ठूलाे यज्ञमण्डप बनाउनु पर्दछ ।।७२ ।।
प्रभातायां च शर्वर्यां नद्यादाै विमले जले ।
स्नात्वा पुन: समभ्यर्च्य जुहुयात् पायसेन च ।।७३ ।।
भाेलिपल्ट बिहान कुवा , इनार , तलाउ ,नदी अथवा समुद्रकाे सफा जलमा नुहाएर गिरिजापति सदाशिवकाे पूजा गरेर पायसले हवन गर्नुपर्दछ ।।७३ ।।
गाैरीर्मिमायमन्त्रेण त्र्यम्बकेण च शङ्करम् ।
ताेषयित्वा शुचिं दान्तं गां च दद्यात् पयस्विनीम् ।।७४ ।।
अग्निस्थापनाविधि अनुसार पूर्वाङ्ग हवन गरेर विशेष कर्ममा त्र्यम्बकम् मन्त्रले एक हजार अाठ पटक भगवान शङ्करलाई आहुति दिनुपर्दछ ।गाैरीर्मिमाय मन्त्रले एक हजार आठ पटक गाैरीलाई आहुती दिनुपर्दछ ।गाैरीशङ्करलाई प्रसन्न बनाएर बाच्छीसहित दूध दिने गाई दान गर्नुपर्दछ ।।७४ ।।
ब्राह्मणान् भाेजयेत् पश्चात् दक्षिणाभि: प्रताेषयेत् ।
दीनानाथाँश्च सन्तर्प्य ह्यच्छिद्रं वाचयेत्तत: ।।७५ ।।
यज्ञ पूर्ण भएपछि ब्राह्मणलाई भाेजन गराउनु पर्दछ ।प्रशस्त दक्षिणा सगुनहरू दिएर ब्राह्मण देवताहरूलाई सन्तुष्ट बनाउनुपर्दछ ।दीनले ठगेकाहरूलाई समेत यथाेचित सत्कार गरेर खुसी बनाएपछि व्रतश्छिद्रं मन्त्र पढ्नुपर्दछ ।।७५ ।।
लब्ध्वानुज्ञां ब्राह्मणेभ्याे बन्धुभि: सहित : शुचि: ।
हृदि स्मरञ्छिवं भक्त्या भुञ्जीत नियमाे व्रती ।।७६ ।।
ब्राह्मणदेवताहरूकाे आदेश लिएर हृदयमा भगवान शङ्करकाे स्वरूप सम्झँदै अन्नलाई ब्रह्मकाे रूप मानेर दाजुभाई , इष्टमित्रलाई खुवाएर पवित्र भाेजन ग्रहण गर्नुपर्दछ ।।७६ ।।
अनेनैव विधानेन कुर्यात् उद्यापने विधिम् ।
एवं य: कुरुते भक्त्या प्रदाेषव्रतमुत्तमम् ।।७७ ।।
यही विधिद्वारा जसले शनित्रयाेदशी व्रतकाे सभक्ति उद्यापन गर्दछ ।त्याे व्रतीअनायास ऐश्वर्य सम्पन्न बन्दछ ।।७७ ।।
शनिवारेण संयुक्तं साेद्यापनविधिं नर: ।
आयुराराेग्यमैश्वर्यपुत्रपाैत्रसमन्वित: ।।७८ ।।
शनित्रयाेदशी व्रत जसले विधिपूर्वक साङ्गता गर्दछ ।त्याे व्रतालु आयु, आराेग्य , ऐश्वर्यवान् बन्दछ र छाेरा बुहारी ,नाति नातिनीहरूबाट सन्ताेष पाउँछ ।।७८।।
शत्रून् विजयते नित्यं प्रसादात् शङ्करस्य च ।
तस्मात्त्वमपि देवेन्द्र पूजयस्व सदाशिवम् ।
एवं प्रदाेषविधिना युद्धे वृत्रं विजेष्यसि ।।७९ ।।
देवराज इन्द्र ! तिमीले पनि सदाशिवकाे पूजा गर ।भगवान शङ्करका कृपा प्रसादबाट सधैँ शत्रुहरूलाई जित्नेछाै ।याे प्रदाेषविधिले उद्यापन गरेर युद्ध गर्याै भने तिमीले युद्धमा वृत्रलाईअवश्य जित्नेछाै ।।७९ ।।
एवं निशम्य गुरुणा कथितं तदानी
मिन्द्राेप्यनेन विधिना गिरिशं प्रपूज्य ।
लाेकं ग्रसन्तमिव दैत्यपतिं प्रवृद्धं
तं तत्क्षणादगमयत् क्षणमीशतुष्ट्या ।।८० ।।
।।इतिश्रीस्कन्दपुराणे केदारखण्डे शनिप्रदाेषव्रतकथा सम्पूर्णा ।।
यसरी देवगुरु बृहस्पतिकाे उपदेशले देवराज इन्द्रले पनि भगवान् सदाशिवकाे आराधना गरेर शनित्रयाेदशी व्रत सविधि पारायण गरे ।संसारलाई खालाझैँ गरेकाे बलवान् दैत्यराज वृत्रलाई व्रतका पुण्यका प्रतापले देवराज इन्द्रले उत्तिखेरै बध गरे ।।८० ।।
।।यसप्रकार स्कन्दपुराणकाे केदारखण्डमा वर्णित शनित्रयाेदशीकाे गाैरी टीका पूरा भयाे ।।
इति सम्वत् २०७८ श्रावण १७ गते रविवार ,
अनुवादक ः ब्रह्मचारी हंस चैतन्य
त्रिपुरेश्वर महादेव मन्दिर रामकोट