दैलेख जिल्ला सभापति पदमा नेता शाहीको उम्मेदवारी घोषणा

188
दैलेख । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं दैलेख जिल्ला कार्यसमितिका सचिब भुपेन्द्र बहादुर शाहीले पार्टीको १४ औं महाधिवेशनमा दैलेख जिल्ला कार्यसमिति सभापति पदमा आफ्नो उम्मेदवारी रहेकोे घोषणा गर्नुभएको छ । कर्णाली प्रदेश दैलेख जिल्ला साविक तिलेपाटा गाउँ, र गाउँ पन्चायत वडा नम्बर ५ र हाल आठविस नगरपालिका वडा नम्बर ८ तिलेपाटामा बुवा शेरबहादुर शाही र आमा जलादेवी शाहीका ४ भाइ छोराहरु मध्ये २०२४ साल भाद्र २४ गते जन्मिएका भुपेन्द्र बहादुर शाही जेष्ठ पुत्र हुन । उनलेे ८ कक्षा सम्म गाउकै कालिका माध्यमिक विद्यालय तिलेपाटा बाट अध्य्ययन गर्नु भएको थियोे ।भने कक्षा ९ देखि बी ए (ब्याचलर पास ) भारतको हैद्राबाद साजन विद्या मन्दिरबाट २०४७ सालमा उतिर्ण गर्नु भएको थियोे । सभापतिमा आफ्नो उम्मेदवारी रहेकोे घोषणा गर्नुभएको हो ।
आठविस दराका हक्की स्वभाव प्रभावशाली ,जुझारु कर्मठ नेता बिकास प्रेमी नेताका रूपमा परिचित पुर्व जिल्ला बिकास समिती दैलेखका सदस्य पुर्व पार्टी उप सभापति स्व: काका भद्र बहादुर शाहीको प्रेरणा बाट बिद्यार्थी जिवनमै २०४६ सालमा नेपाली काङ्ग्रेसको पार्टी सदस्यता लिएका सभापति पदका उम्मेदवार शाहीले २०४९ सालमा कालिका माध्यमिक विद्यालय तिलेपाटाको माबी शिक्षकमा नियुक्ति हुनु भएको थियोे शिक्षण पेशा संगै नेपाली काङ्ग्रेस तिलेपाटा गाउँ कार्यसमितिको सचिवको जिम्मेवारी सम्हालेर पार्टीको संगठन बिस्तारमा सक्रिय हुनु भएको थियोे । उहाँ पार्टीको १० औ महाअधिवेसनमा ११ नम्बर इकाईका सभापति ,११ औ महाअधिवेसनमा जिल्ला कार्यसमिति सदस्य १२ औ महाअधिवेसनमा निर्बिरोध जिल्ला कार्यसमिति सचिवमा निर्वाचित हुनु भएको थियो।
शाहीलाइ सशस्त्र १० बर्से जनयुद्धको क्रममा २०५७ साल मंसिर ११ गते भएको १० औ महाअधिवेशनमा महाधिवेशन प्रतिनिधि भएर सहभागी हुन जाने क्रममा हालको ठाटिकाध गाउपालिकाको आग्रह गाउमा माओवादीहरुले पार्टी छोडन दबाब दिएका थिए । तर शाहीले २०५१ सालमै माबी शिक्षक बाट राजीनामा दिएर पार्टीको सक्रिय राजनीतिमा लागेकोले आफुले नेपाली काङ्ग्रेस छोडन नसक्ने बताए पछि आफुलाइ माओवादीहरुको ठूलो समुहले आक्रमण गरि मृत्यु भएको भनेर छोडेर गएको र आफुले दोस्रो जुनि प्राप्त गरेको शाहीले बताउनुभयो । सभापति पदका उम्मेदवार शाहीले १२ औ महाधिवेशनमा सचिव पदको जिम्मेवारी सम्हालेर जिल्लाभर पार्टीका गतिविधि सक्रिय भएर सबै कार्यकर्ताको मन जित्नु भएकोले १३ औ महाधिवेशनमा पनि पुनः सचिव पदमा भेष बहादुर थापा र भरत रिजाललाई भारी मतको अन्तर पन्छ्याउदै सचिब पदमा निर्वाचन हुनु भएको थियो । पूर्वनिर्धारित कार्यतालिकाअनुसार कांग्रेसको १४ औं महाधिवेशन भदौ १८ गते नै दैलेख का ११ स्थानीय तहमा वडा अधिवेशन सम्पन्न भए का छन् ।केन्द्रीय निर्वाचन समितिले दोस्रोपटक निर्वाचन कार्यतालिका संशोधित गरेको छ । कार्यतालिकाअनुसार देशभर बाँकी रहेका २० जिल्लाको वडा अधिवेशन असोज ५ गते तोकिएको छ ।
महाधिवेशनको उत्साहसंगै तल्लो तहका नेताकार्यकर्ता अधिवेशनको रौनक छ। कांग्रेसको संगठन निर्माणको बलियो आधारशिला मानिने वडा तहमा नेतृत्वका लागि जिल्लाभर सर्वसम्मत नेतृत्व चयन गर्न महत्त्वपूर्ण भुमिका खेलेको शाहीले बताउनु भयो । सभापति पदमा उम्मेदवारी दिएसंगै शाहीले घरदैलो तथा भेटघाटलाई तीव्रता दिएको बताउनुभयो । वि.सं. २०४६ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय शाहीले कांग्रेसको आन्तरिक लोकतन्त्र मजबुत बनाउन र पार्टी संगठनलाई सुदृढ गर्न अबको स्थानीय तह ,प्रदेश र संघीय निर्वाचनमा नेपाली काङ्ग्रेस पार्टीका तर्फबाट उम्मेदवारहरुलाइ अत्यधिक मतले विजय गराउन सभापतिमा उम्मेदवारी दिएको बताउनुभयो । काँग्रेसमा देखिएको आन्तरिक द्वन्द र मनमुटावलाई व्यवस्थापन गर्दै काँग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजाने उद्देश्यले आफूले उम्मेदवारी दिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘वडा तहदेखि नै कमजोर संगठन र क्षेत्रमा पछिल्लो समय काँग्रेसको आन्तरिक द्वन्द व्यवस्थापन गर्न नसक्दा पार्टीको बर्चस्व र साख घट्दै गएको छ, यसलाई गाउँ बस्ती ,पालिका ,प्रदेश ,क्षेत्र तहबाट नै मेलमिलाप र भावनात्मक एकताको विकास गर्न जरुरी छ ।’ ‘कांग्रेसले बोकेको लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई स्थापित गर्दै पार्टी संगठनलाई बलियो, मजबुत बनाउन सक्षम, असल स्वभाव र निष्ठाको राजनीति गर्ने नेतृत्वको खाँचो छ । त्यसैले, १४ औं महाधिवेशनमा मैले दैलेख जिल्ला कार्यसमिति को सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको छु ।’ उहाँले आफूले जीवनको उर्जाशील समय राजनीतिमा नै खर्च गरेको हुनाले सबै क्रियाशील सदस्य र नेताकार्यकर्ताले आफ्नो कामलाई मूल्यांकन गरेर सहयोग, समर्थन गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जीवनको महत्वपूर्ण समय मैले राजनीतिमा खर्च गरेको छु, गाउँ बस्ती मा पार्टी संगठनलाई गतिशील तुल्याउँदै बैठक, सभा, समारोह, कार्यक्रम, आन्दोलन, संघर्ष र निर्वाचनको समयमा सबैलाई सक्रिय बनाएको छु ।
राजनीतिक जीवनमा मैले सामाजिक क्षेत्रमासमेत रचनात्मक सहयोग गरेकाले केही नराम्रो काम गरेजस्तो लाग्दैन, त्यसैले मलाई दैलेख जिल्ला सभापतिका लागि साथीहरूको सहयोग र समर्थन रहेको छ । सकेसम्म म सबैको सर्वसहमतिमै जिल्ला सभापति बन्छु । उहाँले विगतमा आफू पार्टी जिम्मेवारीमा रहँदा केही कार्यक्रम तथा योजना सम्पन्न गर्न अधुरो रहेकाले आगामी कार्यकाल उक्त योजना पूरा गर्ने सोचाइ रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पद र प्रतिष्ठा भन्दा महत्त्वपूर्ण कुरा जिम्मेवारी, काम र कर्तव्य निर्वाह गर्नु हो । ’ राम्रो काम गर्नलाई पद नै चाहिन्छ भन्ने पनि होइन, त्यसैले, आफूले अहिलेसम्म गरेको काम, समय, अनुभव, क्षमता र योगदान अनुसार जिल्ला का दुर्गम बस्ती बस्ती जिल्ला स्तरमा नेतृत्वको लागि पार्टीका अग्रज नेता पुर्व राज्य मन्त्री तथा पुर्ब पार्टी सभापति शिवराज जोशी ,गणेश बहादुर खड्का पुर्व माननीय रङ्ग बहादुर शाही,पुर्व सभापति तथा हाल कर्णाली प्रदेश संसदिय दलका प्रमुख सचेतक हिम बहादुर शाही र बर्तमान जिल्ला सभापति कृष्ण कुमार बिसी ,सबै स्थानीय तहका अग्रज नेता, सभापति ,महाअधिबेसन प्रतिनिधि सङ्ग भेटघाट गरि सल्लाह सुझाव लिइ पार्टी संगठन चलायमान बनाउन आफ्नो सभापति पदमा उम्मेदवारी भएकोले सर्वसम्मत जिल्ला नेतृत्व चयनको सन्देश दिन आग्रह समेत गर्नु भएको छ।
जिल्ला अधीवेसनमा क्षेत्र नम्बर १ बाट ८ सय १६ र क्षेत्र नम्बर २ बाट ७ सय ६५ गरी जिल्लाभर बाट १ हजार ७ सय ८१ जना महाअधिवेशन प्रतिनिधि सहभागी हुने छन् । आगामी निर्वाचनमा आफ्नो पार्टी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारलाई अत्यधिक मतले जिताउन आफू प्रतिबद्ध भएर लाग्ने समेत प्रतिबद्धता जनाउनु भएको छ।