आजको राशिफल, मिति २०७८ असौज २ गते शनिबार । तपाईंको दिन शुभ रहोस् ।

402

अनन्तप्रसाद घिमिरे । आज मिति २०७८ साल आश्विन २ गते शनीबार। सन् २०२१ सेप्टेम्बर १८ तारिख । नेपाल संवत् ११४१ । राक्षस नाम संवत्सर । सुर्य दक्षिणायन। शरद ऋतु । श्रीशाके १९४३। भाद्र शुक्लपक्ष द्वादशी/त्रयोदशी तिथि। धनिष्टा नक्षत्र। प्रवर्द्ध योग। कौलब करण। मकर राशीमा चन्द्रमा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
समय दिए अनुसार प्रतिफल ढिला प्राप्त हुनेछ । प्राकृतिक स्रोत तथा सरकारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अनावश्यक झन्झटमा फस्ने सम्भावना रहेकोछ । अध्ययनमा बाधा पुग्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
समाजको मन जित्ने काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यालयमा तपाईको निर्णय क्षमताको उच्च कदर हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
परिवार, साथिभाई तथा आफन्तका साथ रमाईलो जमघट हुने तथा स्वादिष्ट भोजनका साथ दिन बिताउन सकिनेछ । अग्रजहरुबाट सुनिने शुभ समाचारले मन उत्साहित बनाउनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
अध्ययन तथा अध्यापनमा बढिनै समय दिएमात्र नतिजा आफुतिर ल्याउन सकिनेछ । आय आर्जनका बिभिन्न स्रोतहरु प्राप्त हुनेछन् । पुराना साथीभाइसगको भेटले मन प्रफुल्लित बन्नेछ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
माया प्रेमको गाठो कसिनेछ भने घर परिवार तथा आफन्तसँगको सम्बन्धमा सुधार भएर जानेछ । सामाजिक कार्य मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
पढाई लेखाई अरु दिन भन्दा सुध्रिएर जानेछ। दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । आफन्त बाट तपाईको काममा रचनात्मक सहयोग हुनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवारमा सबैको सहयोग पाईन हुनाले नया काम गर्ने अवसर आउनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउन सकिने छ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
स्वास्थ्यमा समस्या आउन सक्छ । घर जग्गा तथा सवारि साधनको कारोबारबाट भने जस्तो नाफा कमाउन सकिनेछ ।टाढाका आफन्तजनहरुबाट शुभ समाचार प्राप्त होला।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
तपाईंका शत्रुहरु पनि सहयोगी बन्नेछन् । हरेक निर्णयहरु तपाईकै पक्षमा आउने हुदा मन प्रसन्न हुनेछ । पढाई लेखाइमा अरुलाई पछाडि छोड्दै तपाईको नाम अग्र स्थानमा आउँनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
पति पत्नीबीच सुमधुर सम्बन्ध रहने देखिन्छ । तरपनि बाहिरी बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आई दैनिक कामहरु प्रभावित हुनेछन् ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
राजनिति तथा समाजसेवामा जनताको साथ पाईने गतिलो योग रहेकोछ । अध्ययन अध्यापनमा चाहेजस्तो सफलता प्राप्तिको योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पारिवारिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ रम्न सकिनेछ । प्रणय सम्बन्धमा सुधार आउनुको साथै नया ठाउबाट प्रेम प्रस्ताब आउने प्रवल सम्भावना रहेकोछ।

लेखक: नेपाल ज्योतिष परिषद्,अर्घाखाँचीका उपाध्यक्ष हुन् ।