युवानेता भुसालले प्रदेश प्रतिनिधिमा उम्मेद्वारी दिने

1087

अर्घाखाँची ।
नेपाल विद्यार्थी संघका नेता कृष्ण भुसालले आसन्न १४ औा महाधिवेशनमा अर्घाखाँची प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) बाट लुम्बिनी प्रदेशको महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

नेपाल विद्यार्थी संघ पाणिनी बहुमुखि क्याम्पस इकाई सदस्य, क्षेत्रिय अध्यक्ष, जिल्ला सचिव हुँदै १३ औँ महाधिवेशनमा जिल्ला अध्यक्षका उम्मेद्वार बनेका नेता भुसाल झिनो मतान्तरले पराजित भएका थिए । उनी नेपाल विद्यार्थी संघको तर्फबाट शंकरदेव क्याम्पसमा स्ववियु सदस्य पदका आकांक्षी पनि थिए ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा विद्यार्थी नेताबाट उदाएका नेता भुसाल सहिद हजुरबुवा स्व. देउमान सिंह भुसालको प्रजातन्त्र पुनस्र्थापनाको क्रममा सशस्त्र क्रान्तिबाट तत्कालीन सत्तापक्षबाट मारिनुभएको हो । स्व. हजुरबुवाको प्रेरणाबाट वहाँको राजनितिक सपना साकार पार्न राजनितिमा होमिनुभएका नेता भुसाल स्पष्ट वक्ता, जुझारु र विद्यार्थीहरुका मनमा बस्न सफल हुनुहुन्छ । निरन्तर राजनितिमा सक्रिय भुसाल विभीन्न सामाजिक संघसंस्थामा पनि आबद्ध हुनुहुन्छ । वहाँ अहिले नेपाली कांग्रेस निकट सुशिल कोइराला सोसलिष्ट युथ सर्कल अर्घाखाँचीका अध्यक्ष पनि हुनुहुन्छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सन्धिखर्क न.पा वडा नम्बर ०५ वाङ्लाबाट सर्वसम्मत रुपमा क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भइ लुम्बिनी प्रदेशको महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी घोषणा गरेका छन् । उनले उम्मेद्वारी घोषणा गर्दा प्रदेश सभा निर्वाचन निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सम्पूर्ण क्षेत्रिय प्रतिनिधिहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै आफुलाई अमुल्य मत दिई विजयी बनाइदिनुहुन हार्दिक अनुरोध गरेका छन् ।