नेता अहमद मिया हुसेनले केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिने

488

अर्घाखाँची ।
नेपाली कांग्रेसका नेता अहमद मिया हुसेनले आसन्न १४ औँ महाधिवेशनमा अर्घाखाँचीबाट केन्द्रिय महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

नेता हुसेन वि.सं.२०४५ सालमा अर्घाखाँची कांग्रेसका नेता ढुण्डिराज शास्त्रिज्युले गठन गर्नुभएको सोहरतगड शिवपति इण्टर एण्ड डिग्री कलेजको सचिव बनेर नेविसंघ गठन गरेका थिए । २०४६ सालको जनआन्दोलनमा नेविसंघका हजारौँ श्वेत ब्याच वितरण गर्दै सत्रियरुपमा लागेका नेता हुसेन नेपाल तरुण दल अर्घाखाँचीको वरिष्ठ जिल्ला सदस्य, नेपाली कांंग्रेस अर्घाखाँची क्षेत्र नम्बर १का सदस्य, नेपाली कांग्रेस सन्धिखर्क गाविसका कार्यवाहक सभापति हुँदै नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा जित हासिल गरेका थिए ।

नुरी जामे मस्जिद सन्धिखर्क ०२ का व्यवस्थापन समितिका पुर्व अध्यक्ष नेता हुसेन वाङ्ला मोति पुस्तकालयका सदस्य र युवा बर्ष जनता रविचित्र मावि हटारीनेटा अविभावक संघका उपाध्यक्ष समेत बनेका थिए ।

उनी नेपाल मुस्लिम संघका केन्द्रिय वरिष्ठ सल्लाहकार, नेपाली कांग्रेस संगठन विभागका केन्द्रिय सदस्य, नेपाली कांग्रेस मुस्लिम विभागका केन्द्रिय सदस्य समेत रहेका नेता हुसेन विभिन्न दर्जन बढी संघसंस्थामा आबद्ध छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सन्धिखर्क न.पा वडा नम्बर ०१ बाट सर्वसम्मत रुपमा क्षेत्रिय प्रतिनिधिमा निर्वाचित भइ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी घोषणा गरेका छन् ।

उनले उम्मेद्वारी घोषणा गर्दा सम्पूर्ण वडा सभापतिहरु, वडा कार्य समिति पदाधिकारी सदस्यहरु तथा क्षेत्रिय प्रतिनिधिहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै आफुलाई अमुल्य मत दिई विजयी बनाइदिनुहुन हार्दिक अनुरोध गरेका छन् ।