परासी । जनपत्रकार संगठन नेपाल नवलपरासीको प्रथम जिल्ला भेला बर्दघाटमा सम्पन्न भएकाे छ ।भेलाले प्रदिप पाठककाे अध्यक्षतामा ७ सदस्यीय जिल्ला कमिटी चयन गरिएकाे छ । भेलालाइ सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा नवलपरासी सचीव धिरजले”केहि पत्रकारले जनताको समस्या र शोषीत पिडितको जनताको पक्षमा समाचार नलेख्ने बरू मिडिया मालिक र व्यापारीको दलाली गर्ने प्रवृत्ति व्याप्त रहेको बताए।सत्य तथ्य र निष्पक्ष सूचना सम्प्रेषण गर्नु पत्रकारको दायित्व हो तर केही पत्रकारले आफ्नो कर्तव्य बिर्सिएर जनताको आवाज नभई केहि व्यक्तिको आवाजलाई प्राथमिकतामा राख्ने गरेको उनको भनाई थियो ।
जनपत्रकार संगठन आबद्ध पत्रकारहरुले समाजमा भएका समस्या आवाजविहिन नागरिकको आवाज बोल्नु पर्छ । समाजमा रहेका गरीब,पीडित,शोषीत वर्गहरुका समस्यालाई आफ्नो कलमको माध्यमबाट उजागर गर्दै जनताको हक हित र अधिकारका लागि पत्रकारीता गर्नु पर्नेमा धिरजले अपिल गरेका छ्न ।
कार्यक्रममा नेकपा नवलपरासी जिल्ला सदस्य एवं बर्दघाट नगर इन्चार्ज प्रताप,नगर सदस्य गणेश,ओम कार्की लगायतले आ-आफ्नो धारणा राख्नु भएको थियो।कार्यक्रमको अध्यक्षता एवं संचालन प्रदिप पाठकले गरेका थिए । संगठनले आगामी असोज १० र ११ गते दाङको घोराहीमा लुम्बिनी प्रदेशको सम्मेलन गर्दैछ ।