नक्सालको होटल हिल्टनमा विश्वकर्मा बाबाको पुजा धुमधामका साथ सम्पन्न

138

काठमाडौँ, २ असोज । काठमाडौँको नक्सालमा निर्माण हुँदै गरेको होटल हिल्टन काठमाडौँमा धुमधामसँग विश्वकर्मा पुजा सम्पन्न गरिएको छ ।

शङ्कर समूहले जगदम्बा हस्पिटालिटी गुप्र प्रालिअन्तर्गत रु ८ अर्ब लगानीमा निर्माण गर्न लागेको उक्त होटलमा सावरिया कन्ट्रक्सन कम्पनी प्रालिका इञ्जिनीयर अखिल अग्रवालको नेतृत्वमा धुमधामका साथ विश्वकर्मा पुजा सम्पन्न गरिएको हो ।

इञ्जिनीयर अग्रवालले शुक्रबार विहान १०.३० बजेदेखि १२.३० बजेसम्मको उत्तम साईतमा विश्वकर्मा बाबाको पुजा सम्पन्न गर्नुभएको हो । काठमाडौँ महानगरपालिका वडा नं १ नक्सालमा आठ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको उक्त होटल अमेरिकन होटल हिल्टनको चेन होटल हो ।

हरेक वर्ष कन्या संक्रान्तिको दिनमा अर्थात १७ सेप्टेम्बरमा विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको जन्म भएको थियो यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ । नेपाललगायत भारतमा विश्वकर्मा पूजा उल्लासपूर्ण तरिकाले मनाइन्छ । यसैले विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजाआजा गरिन्छ ।

यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरुले गर्छन् । यो दिन धेरैजसो कलकारखाना बन्द रहन्छ र मानिसहरुले हर्षोल्लासको साथमा भगवान विश्वकर्माको पूजा गर्छन् ।