आजको राशिफल, मिति २०७८ असौज ३ गते आइतबार । तपाईंको दिन शुभ रहोस् ।

201

अनन्तप्रसाद घिमिरे । आज मिति २०७८ साल आश्विन ३ गते आइतबार। सन् २०२१ सेप्टेम्बर १९ तारिख । नेपाल संवत् ११४१ । राक्षस नाम संवत्सर । सुर्य दक्षिणायन। शरद ऋतु । श्रीशाके १९४३। भाद्र शुक्लपक्ष चतुर्दशी तिथि। शतभिषा नक्षत्र। रक्ष योग। गर करण। कुम्भ राशीमा चन्द्रमा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मानसिक तथा शारिरीक समस्या आउनेछ । खानपिनका कारणले स्वास्थ्यमा समस्या आउन सक्छ । आँखामा समस्या आउन सक्ने छ।अनावश्यकरुपमा धनक्षय हुनेछ । परिवारमा खट्पट हुनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
तपाईंको मन अशान्त भई रहने छ । वायु विकारले शरीरका विविध अंगमा पीडा हुने छ । व्यापारबाट हानी हुनेछ । शत्रु सबल हुनेछन् । आज मित्रहरुले पनि शत्रुले जस्तै व्यवहार देखाउने छन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। पेसामा फलदायी रहनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
आजको दिन स्वास्थ्यका क्षेत्रमा विशेष ध्यान पुर्याउनुहोला। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। अरूका लागि समय खर्चनुपर्ला। स्वास्थ्य प्रतिकूल रहनेछ।

सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
धन आर्जनगर्ने अवसर मिल्नेछ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । धैर्यताले कार्य सफल हुनेछ । साथिहरुबाट पूर्ण सहयोग मिल्नेछ । प्रेममा सफलता मिल्ने छ । रमाइलो यात्राको योग रहेको छ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
परिवारका सदस्यहरु संग झगडा हुने योग छ । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउने छ । पानी बाट हानीहुने दिन रहेको छ । पढाइमा मन जानेछैन । शरीरमा आलस्यता उत्पन्न हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
आर्थिक कारोबारमा मनग्गे फाइदा होला। परिवार तथा सन्तानबाट सहयोग मिल्नेछ । सरकारी काममा सफलता मिल्नेछ । यात्रा सफल हुनेछ । व्यापार व्यवसायमा राम्रो फाइदा हुने दिन रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
मनमा आनन्दको अनुभुति हुनेछ । सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । गरेका काममा सफलता मल्निेछ । पढाइमा राम्रो सफलता मल्निेछ । उपहार प्राप्तहुने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
मानसिक तथा शारीरिक समस्याले सताउने छ । धनक्षय हुने दिन रहेको छ । बहुमुल्य सामान हराउन सक्नेछ । परिवारमा वेमेलको स्थिति आउनेछ । कुराकाट्नेहरु धेरै हुनेछन्,नैराश्यता उत्पन्न हुने छ ।

मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी)
अध्ययन अध्यापनमा पछि परिनेछ । नसोचेको ठाउँमा खर्च बढ्ने र काममा अवरोध आउने सम्भावना छ। सामान्य स्वास्थ्य समस्या देखापर्ला। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ।

कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
धनलाभहुने दिन रहेको छ । आर्थिक उन्नति प्रगतिहुने दिन रहेको छ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । शत्रु पराजित हुनेछन् । कीर्ति वढनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आज कुनै नयाँ कामको थालनि हुनेछ । मित्रहरुबाट सहयोग मिल्ने छ । शत्रु पराजित हुनेछन् । यात्रा हुनसक्ने दिन रहेको छ । मनमा अहंकार वढनाले दुराचारको भावना जाग्रित हुनेछ ।

लेखक: नेपाल ज्योतिष परिषद्,अर्घाखाँचीका उपाध्यक्ष हुन् ।