आजको राशिफल, मिति २०७८ असौज ४ गते सोमबार । तपाईंको दिन शुभ रहोस् ।

406

अनन्तप्रसाद घिमिरे । आज मिति २०७८ साल आश्विन ४ गते सोमबार। सन् २०२१ सेप्टेम्बर २० तारिख । नेपाल संवत् ११४१ । राक्षस नाम संवत्सर । सुर्य दक्षिणायन। शरद ऋतु । श्रीशाके १९४३। भाद्र शुक्लपक्ष पूर्णिमा तिथि। पुर्वभाद्र नक्षत्र। मुसल योग। भद्रा करण। कुम्भ राशीमा चन्द्रमा।

मेष ( चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आर्थिक दृष्टिकोणले आजको दिन लाभदायी छ। स्वादिष्ट भोजन, सुन्दर कपडा एवम् परिवारसँग मानसिक दृष्टिले अत्यन्त आनन्ददायी हुनेछ। स्वास्थ्य राम्रो रहला। उपहार मिल्नाले मन आनन्दित रहला।

वृष (इ,उ,ए,ओ,बा,बि,बु,बे,बो
मन चन्चल होला। कुनै महत्त्वपूर्ण अवसर गुमाउन सक्नुहुनेछ। छोटो यात्रा हुनसक्छ तर त्यो यात्रा फलदायी नहोला। आजको दिन कुनै नयाँ कामको प्रारम्भ नगर्नुहोला।

मिथुन ( का,कि,कु,घ,ङ,छ,के,को,ह )
परिवारसँग मतभेद तथा विवाद पर्न सक्छ। शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव होला। सामान्य घटनाले पनि मन खिन्न रहन सक्छ। पेसाको बारेमा चिन्ता रहनेछ।

कर्कट ( हि,हु,हे,हो,डा,डि,डु,डे,डो )
नयाँ कामको योजना बन्नेछ । आफन्तसँगको महत्त्वपूर्ण बसाइ होला। रमाइलोसग दिन बिताउनु हुनेछ। व्यापारमा लाभ एवम् पेसामा पदोन्नतिको योग छ। परिवारमा आनन्दको वातावरण बनिरहनेछ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे )
आजको दिन मध्यम किसिमको रहनेछ ।महत्त्वपूर्ण अवसर गुम्न सक्छ। महत्त्वपूर्ण निर्णय आजको दिनमा नगर्दा राम्रो। अधिकतर समय विचारमा व्यस्त रहनुहुनेछ। व्यापार एवम् आर्थिक लाभको योग छ।

कन्या (टो,प,पि,पु,ष,ण,ठ,पे,पो )
आजको दिन कुनै पनि महत्त्वपूर्ण निर्णय नलिनुहोला। आफन्तसँग सानो कुरामा मनमुटाव हुन सक्छ। पारिवारिक कार्यमा खर्च होला। बोलीमा ध्यान राख्नुहोला। स्वास्थ्यको विशेष ध्यान राख्नुहोला।

तुला ( र,रि,रु,रे,रो,ता,ति,तु,ते )
विचारले अरुको मन जित्न सकिएला। कामको सन्दर्भमा वा कुनै विशिष्ट कारण यात्राको योग छ। लेखन कार्यको लागि शुभ दिन छ। बौद्धिक एवम् तार्किक विचारले अरुको मन जित्न सकिएला।

वृश्चिक ( तो,ना,नि,नु,ने,नो,या,यि,यु )
व्यवसायिक क्षेत्रमा लाभ होला। पेसा वा व्यवसायमा भने सहकर्मीको पूर्ण सहयोग मिल्नेछैन।आकस्मिक रुपमा लामो यात्रा हुनसक्छ । धार्मिक स्थलमा जाने अवसर प्राप्त होला ।

धनु (ये,यो,भ,भि,भु,ध,फा,ढ,भे)
आजको दिन आनन्दपुर्वक बित्नेछ । पारिवारिक मनोरजनले मन प्रफुल्लित रहनेछ। विपरितलिङ्गी साथीबाट सहयोग प्राप्त होला। लेखनकार्यको लागि दिन निकै अनुकुल छ।

मकर (भो,ज,जि,खि,खु,खे,खो,गा,गि )
पैसाको लेनदेनमा सफलता मिल्नेछ। व्यापार सम्बन्धि कार्यमा बाधा उत्पन्न हुनेछ। स्वास्थ्य राम्रो रहला। घरमा सुख-शान्तिको वातावरण बनिरहनेछ। अतिथिलाई स्वागत गर्ने अवसर प्राप्त होला।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,द)
स्वास्थ्यमा सामान्य समस्या देखापर्ला। वैचारिक परिवर्तनका कारण अरुले आलोचना गर्नेछन्। लेखनकार्य तथा सिर्जनात्मक क्षेत्रमा सफलता प्राप्त होला। मनोरञ्जनात्मक कार्यमा नसोचेको खर्च होला।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,च,चि)
आजको दिन शान्तिपूर्वक वा सावधानीपूर्वक बिताउनुहोला। नयाँ काममा असफलता प्राप्त हुने योग छ। त्यसैले कुनै नयाँ काम प्रारम्भ नगर्नुहोला। विरोधी प्रवृत्तिबाट टाढा रहनुहोला। दिनको उत्तरार्धतिर खर्च पनि बढ्न सक्छ।

लेखक: नेपाल ज्योतिष परिषद्,अर्घाखाँचीका उपाध्यक्ष हुन् ।