कांग्रेसको प्रदेश प्रतिनिधिमा युवानेता घिमीरेको उम्मेद्वारी घोषणा

683
अर्घाखाँची । नेपाल विद्यार्थी संघ अर्घाखाँची रुपन्देही सम्पर्क समितिका अध्यक्ष युवानेता ठाकुर घिमीरेले आसन्न १४ औँ महाधिवेशनमा अर्घाखाँची प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १(ख), पाणिनी गाउँपालीका वडा नम्बर ०४ पटौटीबाट प्रदेश महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।
नेता घिमीरे वि.सं. २०५४ सालमा नेपाल विद्यार्थी संघ श्री देवि प्रभा मावि पाणिनी ०४ पटौटीको इकाइ अध्यक्ष, २०५६सालमा श्री हरिहर संस्कृत तथा साधारण उच्च माविको इकाइ सचिव , २०५९ सालमा बुटवल बहुमुखी क्याम्पसको इकाइ सहसचिव भएका थिए । नेता घिमीरेले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पाणिनी ०४ पटौटीकाट क्षेत्रिय प्रतिनिधीमा सर्वसम्मत चयन भएसँगै प्रदेश महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ ।
नेता घिमीरेले पार्टीभित्र पुरानै नेता एउटै पदमा बसिरहने भए महाधिवेशनले समेत अर्थ नराख्ने बताउँदै वडा,पालिका,क्षेत्र,जिल्ला,प्रदेश हूँदै केन्द्र सम्म नयाँ नेतृत्व चयन गर्ने जिम्मा युवावर्गलाई रहेको बताए ।
देशभरबाट युवा नेतृत्व चयनले आम कांग्रेसजनमा उत्साह बढेकाले आफुपनि त्यसको निरन्तरताका लागि र नेपाली कांग्रेस अर्घाखाँची क्षेत्र नम्बर २ लाई सबल, सक्षम र बलियो बनाउन आफ्नो महत्वपुर्ण भुमिका रहने भएकाले उम्मेद्वारी घोषणा गरेको बताउने नेता घिमीरेले पार्टीभित्र हुने गरेका अराजक गतिविधी र समग्र क्षेत्रको हकहित र अधिकार सुनिश्चित गर्न पनि आफनो उम्मेद्वारी रहेको बताउनुभयो ।
उहाँले १४ औँ महाधिवेशनबाट निर्वाचित वडा सभापतिहरु, वडा कार्यसमितिका पदाधिकारी सदस्यहरु तथा सम्पुर्ण क्षेत्रिय प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिदै आफुलाई अमुल्य मत दिई प्रदेश महाधिवेशन प्रतिनिधि पदमा विजयी गराउन हार्दिक अनुरोध गर्नुभएको छ ।