नेता घिमीरेले केन्द्रिय महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिने

349
अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका नेता श्यामनाथ काश्यप घिमीरेले आसन्न १४ औँ महाधिवेशनमा केन्द्रिय महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।
नेता घिमीरे २०४६ सालको जनआन्दोलनको सुरुको दिन फागुन २७ गते राज्यद्वारा पन्चायती सरकारले पक्राउ गरी जेल जीवन, नजरबन्द,गराएको थियो । २०४८ सालको संसदीय निर्वाचनमा पार्टीको प्रचारप्रसारको क्रममा सांघातिक आक्रमणबाट मरणासन्न अवस्थाको स्थिति झेल्दै, राजनितिक जिवनका धेरै आरोह अवरोह पार गर्दै नेपाली कांग्रेसको महासमति सदस्य, जिल्ला उपसभापति रहेर पार्टीको जिम्मेवारी निर्वाह गरेका थिए ।
२०४६ सालको जनआन्दोलन र माओवादी सशस्त्र द्वन्द्वको बेला पार्टीले खटाएको कामको सिलसिलामा अपहरित भई ४४ दिन लामो बन्दी जिवन व्यतित गर्दै जिवन उत्सर्ग गर्ने अवस्थासम्म आइपुग्दा पनि आफ्नो पार्टीको नीति नियम, कार्यक्रम तथा राष्ट्रियता, लोकतन्त्र र समाजवादको नारामा रहि निस्वार्थ रुपले अविचलित रुपमा अघि बढेका नेता घिमीरे १४ औँ महाधिवेशनको पुर्वसन्ध्याको छोटो समय र विभीन्न चुनौतीका बाबजुद पनि सबैसँग प्रत्यक्ष सम्पर्कगर्न प्रयत्नशिल रहेको बताउनुभयो । नेता घिमीरेले आफुले निस्वाथर््ा पार्टीमा गरेको योगदानले आम मतदाताले आसन्न १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधी पदमा आफ्नो अमुल्य मत दिइ विजयी बनाउने कुरामा विश्वस्त रहेको बताउँदै आगामी दिनमा राजनीतिक जिवन धरै व्यतित नगर्ने बताउँदै आफुलाई मत दिई न्याय गर्नूपर्ने माग रहेको कार्यकर्ताहरुले बताएका छन् ।
उहाँले १४ औँ महाधिवेशनबाट निर्वाचित वडा सभापतिहरु, वडा कार्यसमितिका पदाधिकारी सदस्यहरु तथा सम्पुर्ण क्षेत्रिय प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिदै आफुलाई अमुल्य मत दिई केन्द्रिय महाधिवेशन प्रतिनिधि पदमा विजयी गराउन हार्दिक अनुरोध गर्नुभएको छ ।