अर्घाखाँची । नेपाली कांग्रेसका नेतृ सिता भुसालले आसन्न १४ औँ महाधिवेशनमा केन्द्रिय महाधिवेशनमा प्रतिनिधि पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।
वि.सं २०४८ बाट नेपाल विद्यार्थी संघबाट राजनिति सुरु गरेकी नेतृ भुसाल मालारानी गाउँपालीका वडा नम्बर ०३ खनदहमा रहेको श्री आदर्श माविमा नेविसंघ इकाइ उपाध्यक्ष हूँदै २०६२,२०६३ सालको जनआन्दोलनमा सक्रिय रुपमा सहभागी भइ गणतन्त्र स्थापनामा महत्वपूर्ण भुमिका खेलेकी थिइन् । नेतृ भुसाल नेपाल महिला संघको साधारण सदस्य हुँदै जिल्ला कार्य समिति अर्घाखाँचीको कोषाध्यक्ष समेत हसनसभएको थियो ।
नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा जिल्ला सदस्यमा सर्वसम्मत रुपमा निर्वाचित भएकी नेतृ भुसाल १४ औँ महाधिवेशनमा क्षेत्रिय प्रतिनिधीमा सर्वसम्मत चयन भएसँगै केन्द्रिय महाधिवेशन प्रतिनिधि (महिला तर्फ) पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ ।
सहमति सहकार्य र एकता अहिलेको आवश्यकता अर्घाखाँचीमा बलियो कांग्रेस संगठन निर्माण तथा महिला हक अधिकारका लागि सबैको साथ सहयोग र अमुल्य मतको अपेक्षा गरेको नेतृ भुसालले बताइन् ।
१४ औँ महाधिवेशनबाट निर्वाचित वडा सभापतिहरु, वडा कार्यसमितिका पदाधिकारी सदस्यहरु तथा सम्पुर्ण क्षेत्रिय प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिदै आफुलाई अमुल्य मत दिई केन्द्रिय महाधिवेशन प्रतिनिधि पदमा विजयी गराउन हार्दिक अनुरोध गर्नुभएको छ ।