नेतृ पराजुलीले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेद्वारी दिने

843

अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीका नेतृ सीता पराजुलीले आसन्न १४ औँ महाधिवेशनमा केन्द्रिय महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।

नेपाल विद्यार्थी संघ जनज्योती मावि सन्धिखर्कको इकाइ उपाध्यक्ष, पाणिनी बहुमुखि क्याम्पस इकाइ समितिमा काम गर्दै नेपाल तरुण दल जिल्ला सदस्य, नेपाल महिला संघ जिल्ला सदस्य भएकी नेतृ पराजुली नेपाली कांग्रेसको १२ औँ महाधिवेशनमा केन्द्रिय महाधिवेशन प्रतिनिधि पदकी आकांक्षी थिइन् ।

जिल्ला रेडक्रस सोसाइटी अर्घाखाँचीको उपमन्त्रि एवम् सफल व्यवसायी नेतृ पराजुली विभिन्न सामाजिक तथा धार्मिक संघसंस्थामा आबद्ध हुनुहुन्छ । पार्टीको नीति नियम, कार्यक्रम तथा राष्ट्रियता, लोकतन्त्र र समाजवादको नारामा रहि निस्वार्थ रुपले अविचलित रुपमा अघि बढेका नेतृ पराजुली १४ औँ महाधिवेशनको पुर्वसन्ध्याको छोटो समय र विभीन्न चुनौतीका बाबजुद पनि सबैसँग प्रत्यक्ष सम्पर्कगर्न प्रयत्नशिल रहेको बताउनुभयो ।

नेतृ पराजुलीले आफुले निस्वाथर््ा पार्टीमा गरेको योगदानले आम मतदाताले आसन्न १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधी पदमा आफ्नो अमुल्य मत दिइ विजयी बनाउने कुरामा विश्वस्त रहेको बताउँदै आगामी आफुलाई मत दिई न्याय गर्नूपर्ने माग रहेको कार्यकर्ताहरुले बताएका छन् । उहाँले १४ औँ महाधिवेशनबाट निर्वाचित वडा सभापतिहरु, वडा कार्यसमितिका पदाधिकारी सदस्यहरु तथा सम्पुर्ण क्षेत्रिय प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिदै आफुलाई अमुल्य मत दिई केन्द्रिय महाधिवेशन प्रतिनिधि पदमा विजयी गराउन हार्दिक अनुरोध गर्नुभएको छ ।