अर्घाखाँचीको सन्धिखर्कमा यूएसबी कम्प्युटर टेनिङ स्कुल एण्ड टिउसन सेन्टर खुलेको छ ।

स्थानीय युवा शिवप्रसाद कुर्मी र संगम भुसालले शान्ति बगैँचा नजिकै उक्त सेन्टर सञ्चालनमा ल्याएका हुन ।

सेन्टर सञ्चालनको अवसरमा कम्प्युटर तथा टिउसन पढ्न चाहानेका लागि विशेष अफर ल्याइएको छ । जिल्लामै पहिलो पटक हार्डवेयर, सफ्टवेयर, नेटवर्किङ, फाइबर,वेभ डिजाइन सहितका कोर्सहरू विशेष छुटमा सञ्चालन गरिएको कुर्मीको भनाइ छ ।