अर्घाखाँची । नेपाल महिला संघ जिल्ला कार्यसमिति अर्घाखाँचीकी सचिव छमा कार्कीले आसन्न १४ औँ महाधिवेशनमा केन्द्रिय महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । नेपाल महिला संघ जिल्ला कार्यसमिति सदस्य हुँदै अहिले सचिव नेतृ कार्की नेपाली कांग्रेस अर्घाखाँचीकी संगठन विभाग सदस्य समेत हुन् । नेतृ कार्की विभिन्न सामाजिक तथा धार्मिक संघसंस्थामा आबद्ध हुनुहुन्छ ।
पार्टीको नीति नियम, कार्यक्रम तथा राष्ट्रियता, लोकतन्त्र र समाजवादको नारामा रहि निस्वार्थ रुपले अविचलित रुपमा अघि बढेका नेतृ कार्की १४ औँ महाधिवेशनको पुर्वसन्ध्याको छोटो समय र विभीन्न चुनौतीका बाबजुद पनि सबैसँग प्रत्यक्ष सम्पर्कगर्न प्रयत्नशिल रहेको बताउनुभयो ।
नेतृ कार्की आफुले निस्वाथर् पार्टीमा गरेको योगदानले आम मतदाताले आसन्न १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधी पदमा आफ्नो अमुल्य मत दिइ विजयी बनाउने कुरामा विश्वस्त रहेको बताउँदै आगामी आफुलाई मत दिई न्याय गर्नूपर्ने माग रहेको कार्यकर्ताहरुले बताएका छन् ।
उहाँले १४ औँ महाधिवेशनबाट निर्वाचित वडा सभापतिहरु, वडा कार्यसमितिका पदाधिकारी सदस्यहरु तथा सम्पुर्ण क्षेत्रिय प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिदै आफुलाई अमुल्य मत दिई केन्द्रिय महाधिवेशन प्रतिनिधि पदमा विजयी गराउन हार्दिक अनुरोध गर्नुभएको छ ।