अर्घाखाँची ।
नेपाल विद्यार्थी संघ शितगंंगा नगर अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनु भएका नेता बसन्तराज पौडेलको नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशनमा शितगङगा नगरपालीकाको सचिवमा चर्चा चलिरहेको छ ।

नेपाल बिद्यार्थी संघको कार्यभार सम्हाल्दै खरो बिद्यार्थी राजनीति बाट आउनुभएका पौडेल नगर सचिबको लागि योग्य रहेको भन्दै उहाँका शुभचिन्तकहरुले उम्मेदवारी दिन भनिरहेको उहाँ निकट श्रोतले जनाएको छ ।

अबको नेपाली काङ्ग्रेस युवा मैत्री र गुटबन्दी रहित हुनुपर्ने , सबैलाई समेट्दै समावेसी काङ्ग्रेसको निर्माण गर्नु पर्ने पौडेलको स्पष्ट भिजन रहेकाले पनि उहाँका लागि सचिब सुहाउँदो भएको हो ।

पौडेलले आफू कुनै गुटबन्दीको दलदलमा नफसेको र फस्न नहुने भन्दै ठोस धारणा बनाएर अगाडि आउने बताउनु भएको छ । सबैले उत्साहित पारेर काम गर्ने जोस जागर प्रदान गरे आफू सचिब हुने तर उम्मेद्बारी घोषणा अझै गरि नसकेको उहाको भनाई छ । नगर अधिवेशन नजिकिदै गर्दा अब छिटै टुंगोमा पुग्ने उहाँको भनाई छ ।