अनन्तप्रसाद घिमीरे । आज मिति २०७८ साल आश्विन ७ गते विहिबार। सन् २०२१ सेप्टेम्बर २३ तारिख । नेपाल संवत् ११४१ । राक्षस नाम संवत्सर । सुर्य दक्षिणायन। शरद ऋतु । श्रीशाके १९४३। आश्विन कृष्णपक्ष तृतीया तिथि। अश्विनी नक्षत्र। मित्र योग। बब करण। मेष राशीमा चन्द्रमा।
मेष (चु,च,ेचो,ला,ली,लु,ले,लो,अ) मनमा असन्तोष बढने छ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यकरुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यकरुपमा विवाद उत्पन्न हुन सक्नेछ ।
बृष (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो) आजको दिन मन चन्चल रहने छ। व्यापारबाट हानी हुनेछ। शत्रु सबल हुनेछन् । आज मित्रहरुले पनि शत्रुले जस्तै व्यवहार देखाउने छन् । विद्यार्थीका लागि भने अध्ययनमा सफलता मिल्नेछ ।
मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा) स्वास्थ्य सम्बन्धि समस्याले मनमा चिन्ता, आफन्तहरुबाट असहयोग प्राप्त हुने छ । अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जानेछैन । उपलब्धि विहिन अनावश्यक यात्राहरु हुनेछन् ।
कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो) व्यवसायवाट प्रसस्त आम्दानी होला । सत्कार तथा मान सम्मान प्राप्त हुने छ । पारिवारीक सुख प्राप्त हुने छ । मिष्ठान्न भोजन प्राप्त हुने छ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ ।
सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे) कार्यमा सफलता मिल्ने योग छ। रोकिएका कामहरु पुरा हुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) अध्ययनको क्षेत्र सफल रहनेछ । कामहरु बन्दै जानेछन । मित्रहरु संग सुखद मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिनछ । आफन्तबाट प्रसस्तमात्रमा सहयोग प्राप्त हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते) मनमा अनावश्यक चिन्ता बढने छ । वादविवाद हुन सक्छ, सतर्क रहनु होला । जिवजन्तुको भए रहनेछ । अध्ययन अध्यापनको क्षेत्र फलदायी देखिदैन। आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सरकारी काममा झमेला हुनेछ । सन्तानसंग मतभेद हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछैन । पेटमा वायुविकार जन्य समस्या आउनेछ ।
धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे) स्वास्थ्य राम्रो रहने छ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । मनले चिताएको काम पुरा हुनेछ । प्रेममा सफल हुने दिनछ । अध्ययन तथा व्यवसायको क्षेत्र फलदायी रहनेछ ।
मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी) आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुने छ । परिवारबाट सहयोग मिल्ने छ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा) आफन्तहरुसंग झगडा हुनसक्छ । आज नयाँकामको थालनि नगरेको राम्रो काम विग्रनेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन अध्यापनको क्षेत्र त्यति राम्रो देखिदैन।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मन अशान्त रहनेछ । धन तथा सामान हराउन सक्नेछ सजगता अपनाउनु होला । व्यापार व्यवसायबाट त्यति आम्दानीहुने छैन । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुने छैन । लेखक नेपाल ज्योतिष परिषद् अर्घाखाँचीका उपाध्यक्ष हुन् ।