कांग्रेस महाधिवेशन ः प्रदेश प्रतिनिधिमा विपीन अनुरागी पौडेलले उम्मेद्वारी दिने

424

अर्घाखाँची । सत्तारूढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि स्थानिय, जिल्ला, प्रदेश र केन्द्रिय तहमा नेतृत्वको दाबी गर्दै उम्मेद्वारी दिने युवा नेताहरू निकै बढेको देखिन्छ । कांग्रेस बुढाहरूको मात्रै पार्टी भयो भनेर खण्डनहरू आइरहेका बेला युवाहरूको उम्मेदवारीले कांग्रेस प्रति धेरैको आशा जागेको देखिएको छ ।

यसैबिच नेपाल तरुण दल अर्घाखाँची काठमाडौँ सम्पर्क समितिका वरिष्ठ उपाध्यक्ष युवा नेता विपीन अनुरागि पौडेलले आगामी १४ औं महाधिवेशनका लागि लुम्बिनी प्रदेश महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने घोषणा गरेपछि अर्घाखाँची जील्लामै उनको चर्चा चलेको छ । बिद्यार्थी कालदेखीनै राजनीतिमा निकै सक्रिय रहेका अर्घाखाँची जुकेनाका युवा नेता पौडेललाइ जितका लागी धेरैले शुभकामना दिइरहेका छन् ।

नेपाल विद्यार्थी संघ सुधा मावि जुकेनाको इकाइ अध्यक्ष हुँदै नेपाल तरुण दल अर्घाखाँची काठमाडौँ सम्पर्क समिति गठनका क्रममा महत्वपुर्ण भुमिका खेलेका थिए । जुकेनावाट उल्लेखनीय भोट पाएर क्षेत्रीय प्रतिनिधि जितेका पौडेलले प्रदेश प्रतिनिधिमा उम्मेदवारी दिने पक्का गरेको हामीसगँको कुराकानी बताएका छन् ।