कांग्रेसको १४ औँ महाधिवेशनमा प्रदेश प्रतिनिधिमा उम्मेद्वारी दिने पाण्डेको घोषणा

272

अर्घाखाँची ।  नेपाली कांग्रेसका युवा नेता विकाश पाण्डेले प्रदेश प्रतिनिधिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पाण्डेले अर्घाखाँची क्षेत्र नं. १ बाट प्रदेश प्रतिनिधि पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

पाण्डे विद्यार्थी राजनीति हुँदै पार्टीको राजनैतिक यात्रामा प्रवेश गरेका हुन् । उनी नेपाल विद्यार्थी संघका प्रभावशाली विद्यार्थी नेता मानिन्छन्। उनले पार्टीलाई एकजुट बनाउने र युवा पुस्ताले नेतृत्व गर्नुपर्ने उद्वेश्यले आफु प्रदेश प्रतिनिधिमा  उठ्ने निर्णय गरेको बताए।

छत्रदेब ७ अर्घाखाचीमा जन्मेका नेता पाण्डे माबी तहको अध्ययन छत्रदेबमा रहेको सरस्वति मावि भगवतीमा गरे । त्यसलगतै एसएलसी पछी उच्च शिक्षा पोखरामा रहेको बाराही उच्च माविमा गरेका थिए । त्यहा नेपाल बिद्यार्थी संघको इकाई सचिबको रुपमा रहे र बिभिन्न विद्यार्थीका समस्या समाधान देखी लिएर प्रशासन संग बिद्यार्थी जीवनमा उब्जने धेरै समस्याहरुको हल गर्न सफल रहे । त्यसलगतै बुटवल स्थित लुम्बिनी बाणिज्य क्याम्पसमा नेबीसंघको राजनिती संगै बिभिन्न सामाजिक काममा अघी बढ्दै गए ।

नेता पाण्डेलाई तपाइको रोजाइ प्रदेश प्रतिनिधिनै किन भन्ने प्रश्नमा उनले  क्षेत्रगत र जिल्लागत नेतृत्वलाइ प्रदेश संग नजिक तथा बिभिन्न मुद्धाहरुको सहज ढंगले हल गर्न, युवा पंक्तीलाई माथिल्लो नेत्रुत्व संगको सम्बन्ध सुमधुर बनाउन भनेर उत्तर दिएका थिए ।