कांग्रेस भुमिकास्थान नगर सचिवमा नेता घिमीरेको उम्मेद्वारीे

493

अर्घाखाँची ।
आसन्न नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत असौज ९ गते सम्पन्न हुने नगर अधिवेशनको चहलपहल बढेको छ । यस्तै अर्घाखाँचीको भुमिकास्थान नगरपालीकाको सचिव पदमा नेता ताराप्रसाद घिमीरेले उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।

नेता घिमीरे नेपाल विद्यार्थी संघ पाणिनी बहुमुखी क्याम्पसको इकाइ अध्यक्ष, नेविसंघ जिल्ला कार्य समिति अर्घाखाँचीको सचिव हुँदै नेपाल तरुण दल जिल्ला कार्य समिति अर्घाखाँचीको उपाध्यक्ष बनेका थिए ।

उनी नेपाली कांग्रेस साविक ढिकुरा गाउँ कार्य समिति सचिव र नेपाल तरुण दलका केन्द्रिय महाधिवेशन प्रतिनिधि समेत हुन् । १४ औँ महाधिवेशन अन्तर्गत भुमिकास्थान नगरपालिका ०९ बाट क्षेत्रिय प्रतिनिधिमा चयन भएका उनी भुमिकास्थान नगरपालिकाको सचिव भएर कांग्रेस भुमिकास्थानलाई जिल्लाकै उत्कृष्ट बनाउने योजना रहेको बताए ।
नेता घिमीरेले पार्टीभित्र पुरानै नेता एउटै पदमा बसिरहने भए महाधिवेशनले समेत अर्थ नराख्ने बताउँदै वडा,पालिका,क्षेत्र,जिल्ला,प्रदेश हूँदै केन्द्र सम्म नयाँ नेतृत्व चयन गर्ने जिम्मा युवावर्गलाई रहेको बताए ।

देशभरबाट युवा नेतृत्व चयनले आम कांग्रेसजनमा उत्साह बढेकाले आफुपनि त्यसको निरन्तरताका लागि र नेपाली कांग्रेस भुमिबास्थान नगरलाई सबल, सक्षम र बलियो बनाउन आफ्नो महत्वपुर्ण भुमिका रहने भएकाले उम्मेद्वारी घोषणा गरेको बताउने नेता घिमीरेले पार्टीभित्र हुने गरेका अराजक गतिविधी र समग्र क्षेत्रको हकहित र अधिकार सुनिश्चित गर्न पनि आफनो उम्मेद्वारी रहेको बताउनुभयो ।

उहाँले १४ औँ महाधिवेशनबाट निर्वाचित वडा सभापतिहरु, वडा कार्यसमितिका पदाधिकारी सदस्यहरु तथा सम्पुर्ण क्षेत्रिय प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिदै आफुलाई अमुल्य मत दिई नगर सचिव पदमा विजयी गराउन हार्दिक अनुरोध गर्नुभएको छ ।