दशौँ स्थापना दिवसको अवसरमा तपोभूमि सहकारीद्वारा रक्तदान

277

बुटवल, ७ असोज ।बुटवल उपमहानगरपालिका वडा नं. १० कालिकानगरमा रहेको तपोभूमि बचत तथा ऋण सहकारी संस्थाले दशौँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कोभिड-१९ को जोखिममा रगतको माग बढी हुनाले त्यसको पुर्तिको लागि रक्तदान गरिएको सहकारीले जनाएको छ ।

सहकारीले आयोजना गरेको रक्तदान कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्र शाखा बुटवलको प्रविधिक सहयोगमा भएको थियो । कार्यक्रममा ३२ युनिट रगत संकलन भएको सहकारी अध्यक्ष धर्मराज पौडेलले जानकारी दिए । सहकारीका पूर्व अध्यक्ष तथा संरक्षक भिम बहादुर थापाले सहकारीले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र बढ्दो कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव भइरहेको बेला आज रक्तदान कार्यक्रम आयोजना गरिएको बताए।

यस्तै सहकारीका कोषाध्यक्ष विष्णु नेपालीले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको बताउनुभयो । घनश्याम श्रेष्ठको संयोजकमा कार्यक्रम सम्पन्न भएको छ । सहकारीले बिभिन्न सामाजिक कामहरू गर्दै आईरहेको छ ।