आजको राशिफल, मिति २०७८ असौज १० गते आइतबार । तपाईंको दिन शुभ रहोस् ।

328

अनन्तप्रसाद घिमिरे । आज मिति २०७८ साल आश्विन १० गते आइतबार। सन् २०२१ सेप्टेम्बर २६ तारिख । नेपाल संवत् ११४१ । राक्षस नाम संवत्सर । सुर्य दक्षिणायन। शरद ऋतु । श्रीशाके १९४३। आश्विन कृष्णपक्ष पन्चमी/षष्ठी तिथि। कृतिका नक्षत्र। धुम्र योग। गर करण। वृष राशीमा चन्द्रमा।
आज षष्ठी श्राद्ध।

मेष (चु,च,ेचो,ला,ली,लु,ले,लो,अ)
शरीरमा आलस्यता उत्पन्न हुनेछ । परिवारका सदस्यहरु संग झगडा हुने योग छ । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउने छ । पानी बाट हानीहुने दिन रहेको छ ।

बृष (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो)
काम विग्रने खालको समय रहेको छ । यात्रा फलदायी हुनेछैन । मन अशान्त भई रहने छ । वायु विकारले शरीरका विविध अंगमा पीडा हुने छ । व्यापारबाट हानी हुनेछ । शत्रु सबल हुनेछन् ।

मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा)
मान सम्मान मिल्नेछ । मित्रबाट पूर्ण सहयोग मिल्नेछ । प्रेमिल रुपमा दिन व्यतित हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । अध्ययनको लागि आजको दिन फलदायी रहनेछ ।

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
यात्राको योग रहेको छ । धन आर्जनगर्ने अवसर मिल्नेछ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । धैर्यताले कार्य सफल हुनेछ । साथिहरुबाट पूर्णसहयोग मिल्नेछ । प्रेममा सफलता मिल्ने छ ।

सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
मानसिक तथा शारिरीक समस्या आउनेछ । स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने देखिन्छ । आँखामा समस्या आउन सक्नेछ । अनावश्यकरुपमा धनक्षय हुनेछ । परिवारमा बेमेलको अवस्था आउन सक्छ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
आजको दिन मानसिक तथा शारीरिक समस्याले सताउने छ । धनक्षय हुने दिन रहेको छ । बहुमुल्य सामान हराउन सक्नेछ । परिवारमा वेमेलको स्थिति आउनेछ ।अध्ययनमा रुचि घट्ने छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
आज कुनै नयाँ कामको थालनि हुनेछ । मित्रहरुबाट सहयोग मिल्ने छ । शत्रु पराजित हुनेछन् । यात्रा हुनसक्ने दिन रहेको छ । मनमा अहंकार वढनाले दुराचारको भावना जाग्रित हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । शत्रु पराजित हुनेछन् । कीर्ति वढनेछ । मीष्ठान्न भोजन तथा स्वर्णादि वस्तुको लाभहुने दिन रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
विगतमा गरेका काममा आज सफलता मिल्नेछ । स्वास्थ्य राम्रो रहने छ । मनमा शुखको अनुभुति हुनेछ । सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । पढाइमा अपेक्षाकृत सफलता प्राप्त होला ।

मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी)
स्वास्थ्यले साथ दिनेछ । शत्रु परास्त हुनेछन् । विपरीत लिङ्गसंगको कुराकानिले मन साह्रै प्रसन्न हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । श्री वृद्धि तथा ख्यातिको प्राप्तिको योग छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
व्यापारमा समस्या आउनेछ ।अनावश्यकरुपमा वादविवाद तथा झगडा हुन सक्ने छ । मन साह्रै चिन्तित रहला । जिवजन्तुको भय हुनेछ । वायुविकार तथा पेटजन्य समस्या आउने छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
व्यापार व्यवसायमा राम्रो फाइदा हुने दिन रहेकोछ । उत्तम भोजन तथा वस्त्र प्राप्त हुनेछ । परिवार तथा सन्तानबाट सहयोग मिल्नेछ । सरकारी काममा सफलता मिल्नेछ । यात्रा सफल हुनेछ ।

लेखक नेपाल ज्योतिष परिषद् अर्घाखाँचीका उपाध्यक्ष हुन् ।