कांग्रेसको पोखरा महानगर सभापतिमा सुरेन्द्रमान बिजुक्छे बिजयी

153

कास्की ।  नेपाली कांग्रेस पोखरा महानगर सभापतिमा सुरेन्द्रमान विजुक्छे निर्वाचित भएका छन्।

महानगर कार्यसमितिका लागि शनिबार भएको निर्वाचनमा बिजुक्छेले ४१४ मत पाएर निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्दी गंगाधर पराजुलीले ३४६ मत पाएका थिए। पराजुली पत्रकारिता क्षेत्रबाट पार्टी राजनीतिमा होमिएका थिए।

पोखरा महानगरमा क्षेत्रीय प्रतिनिधि र वडा अध्यक्ष गरी १ हजार ३७० मतदाता रहेकोमा १ हजार ३४४ मत खसेको थियो।

पोखरामा सभापतिका लागि रामराज लामिछानेले ,मिलन तिवारीले ,ज्योति हमाल र मोहनप्रसाद बास्तोला पनि प्रत्यासी थिए।

निर्वाचनमार्फत उपसभापतिमा प्रयागराज भन्डारी भवसागर बराल विजयी भए। उनीहरुले क्रमशः ५६९ र ४६४मत ल्याए।

सचिवमा टुवराज बास्तोलाले ८५८ र गणेशबहादुर थापाले ७८९ मतसहित विजय भए।

यस्तै सहसचिवमा संघर्ष कोइरालाले ४६५ मत र संजय आलेले ४५८ मतका साथ निर्वाचित भएको निर्वाचन अधिकृत आरसी बिमलले बताए।