गोरखा ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सरगर्मी चलिरहेको बेला कांग्रेसमा युवा आकर्षण बढेको छ । दैलेख जिल्ला दुल्लु नगरपालिका वडा नम्बर ३ को सभापतिमा १९ वर्षिय स्वस्तिका महत निर्वाचित भएसँगै युवाहरूको आकर्षण बढेको हो ।

यस्तै गोरखा जिल्ला भिमसेन थापा गाउँपालिका वडा नम्बर १ बाट सर्वसम्मत रुपमा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित २० वर्षीय शोभा बस्ताकोटी असौज १२ गते सम्पन्न गोरखा क्षेत्र नम्बर १ ” ख “को क्षेत्रीय अधिवेशनबाट गण्डकी प्रदेश अधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन् ।

नेतृ बस्ताकोटी पार्टीले आयोजना गरेको हरेक कार्यक्रम र आन्दोलनमा सहभागी हुँदै नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय छन् । नेविसंघ भिमसेन थापा गाउँपालिकाको उपाध्यक्ष हुँदै गोरखा जिल्ला सदस्य भएकी बस्ताकोटीले  युवाले नै अब पार्टी र देशको नेतृत्व गर्नुपर्ने बताउँदै प्रदेश प्रतिनिधि भएको बताइन् । प्रदेश प्रतिनिधिमा साथ समर्थन र सहयोग गर्नुहुने सम्पुर्ण पार्टीका अग्रज नेताहरू, सम्पुर्ण वडा सभापतिहरु र क्षेत्रीय प्रतिनिधिहरुलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो कार्यकालमा विवादरहित युवा र महिलाको पक्षमा आवाज बुलन्द पार्ने बताएकी छन् ।