आजको राशिफल, मिति २०७८ असौज १४ गते बिहिबार । तपाईंको दिन शुभ रहोस् ।

442

अनन्तप्रसाद घिमिरे । आज मिति २०७८ साल आश्विन १४ गते बिहिबार। सन् २०२१ सेप्टेम्बर ३० तारिख । नेपाल संवत् ११४१ । राक्षस नाम संवत्सर । सुर्य दक्षिणायन। शरद ऋतु । श्रीशाके १९४३। आश्विन कृष्णपक्ष नवमी तिथि। पुनर्वसु नक्षत्र। सिद्धि योग। बब करण। मिथुन राशीमा चन्द्रमा।

मेष (चु,च,ेचो,ला,ली,लु,ले,लो,अ)
व्यापारबाट हानी हुनेछ । शत्रु सबल हुनेछन् । आज मित्रहरुले पनि शत्रुले जस्तै व्यवहार देखाउने छन् । विद्यार्थीका लागि भने अध्ययनमा सफलता मिल्नेछ ।

बृष (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो)
धनलाभ हुने दिन छ ।मित्रबाट पूर्ण सहयोग मिल्नेछ । स्वास्थ्य राम्रो रहनेछ । अध्ययनको लागि आजको दिन फलदायी रहनेछ ।उपलब्धिमुलक यात्रा हुने दिन रहेकोेछ ।

मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा)
व्यवसायबाट फाईदा हुनेछ । स्वास्थ्यले साथ दिनेछ । शत्रु सरास्त हुनेछन् । विपरीत लिङ्गसंगको कुराकानिले मन साह्रै प्रसन्न हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ ।

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
अनावश्यकरुपमा वादविवाद तथा झगडा हुन सक्ने छ । मन साह्रै चिन्तित रहला । पेटजन्य समस्या आउने छ । पापकर्ममा मन जानेछ । नोकरी तथा व्यापारमा समस्या आउनेछ ।

सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
स्वास्थ्यमा सामान्य समस्या देखिएला । परिवारका सदस्यहरु संग झगडा हुने योग छ । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउने छ । पानी बाट हानीहुने दिन रहेको छ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
धन आर्जनगर्ने अवसर मिल्नेछ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । धैर्यताले कार्य सफल हुनेछ । साथिहरु पूर्णसहयोग मिल्नेछ । प्रेममा सफलता मिल्ने छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
सरकारी काममा सफलता मिल्नेछ ।आज रमाइलो यात्रा हुने दिन रहेकोछ । पराक्रम बढने छ । सन्तानबाट सहयोग मिल्नेछ । व्यवसायमा राम्रो आम्दानी हुने दिन रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । गरेका काममा सफलता मल्निेछ । पढाइमा राम्रो सफलता मल्निेछ । स्वादिष्ट भोजन खान पाईने तथा उपहार प्राप्तहुने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
मानसिक तथा शारीरिक समस्याले सताउने छ । धनक्षय हुने दिन रहेको छ । परिवारमा वेमेलको स्थिति आउनेछ । कुराकाट्नेहरु धेरै हुनेछन्,नैराश्यता उत्पन्न हुने छ । अध्ययनमा रुचि घट्ने छ ।

मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी)
आर्थिक उन्नति प्रगतिहुने दिन रहेको छ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । शत्रु पराजित हुनेछन् । कीर्ति वढनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
यात्रा हुनसक्ने दिन रहेको छ । आँटेका कामहरु पुरा हुनेछन् । आज कुनै नयाँ कामको थालनि हुनेछ । मित्रहरुबाट सहयोग मिल्ने छ । शत्रु पराजित हुनेछन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
मनमा असन्तोष बढनेछ । मानसिक तथा शारिरीक समस्या आउनेछ । कुभोजनका कारणले स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने देखिन्छ । आँखामा समस्या आउन सक्ने छ।

लेखक नेपाल ज्योतिष परिषद् अर्घाखाँचीका उपाध्यक्ष हुन् ।