आजको राशिफल, मिति २०७८ असौज १५ गते शुक्रबार । तपाईंको दिन शुभ रहोस् ।

350

अनन्तप्रसाद घिमिरे । आज मिति २०७८ साल आश्विन १५ गते शुक्रबार। सन् २०२१ सेप्टेम्बर ३० तारिख । नेपाल संवत् ११४१ । राक्षस नाम संवत्सर । सुर्य दक्षिणायन। शरद ऋतु । श्रीशाके १९४३। आश्विन कृष्णपक्ष दशमी तिथि। तिष्य नक्षत्र। उत्पात योग। बब करण। कर्कट राशीमा चन्द्रमा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
मनमा असन्तोष बढनेछ । मनले चिताएका कामहरु पुराहुने छैनन् । मानसिक तथा शारिरीक समस्या आउनेछ । कुभोजनका कारणले स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने देखिन्छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
स्वास्थ्यका क्षेत्रमा विशेष ध्यान पुर्याउनुहोला। व्यापारमा लाभांश घट्न सक्छ। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। अरूका लागि समय खर्चनुपर्ला। सानोतिनो समस्याले अल्झाउनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
वायु विकारले शरीरका विविध अंगमा पीडा हुने छ । व्यापारबाट हानी हुनेछ । शत्रु सबल हुनेछन् । आज मित्रहरुले पनि शत्रुले जस्तै व्यवहार देखाउने छन् ।

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
तपाईंको मन अशान्त भई रहने छ । वायु विकारले शरीरका विविध अंगमा पीडा हुने छ । व्यापारबाट हानी हुनेछ । शत्रु सबल हुनेछन् । आज मित्रहरुले पनि शत्रुले जस्तै व्यवहार देखाउने छन् ।

सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
स्वास्थ्यमा सामान्य समस्या देखिएला । परिवारका सदस्यहरु संग झगडा हुने योग छ । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउने छ । पानी बाट हानीहुने दिन रहेको छ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)
आज रमाइलो यात्राको योग रहेकोछ । धन आर्जनगर्ने अवसर मिल्नेछ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । धैर्यताले कार्य सफल हुनेछ । साथिहरु पूर्णसहयोग मिल्नेछ । प्रेममा सफलता मिल्ने छ । ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
समयले त्यति साथ दिएको छैन। आम्दानीका विभिन्न स्रोत देखिए पनि अरूको आशा गर्ने बानीले पछि परिनेछ। दिउँसोदेखि खर्च बढ्ने र काममा अवरोध आउने सम्भावना छ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
स्वास्थ्य राम्रो रहने छ । मनमा शुखको अनुभुति हुनेछ । सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । गरेका काममा सफलता मल्निेछ । पढाइमा राम्रो सफलता मल्निेछ ।

धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
मानसिक तथा शारीरिक समस्याले सताउने छ । धनक्षय हुने दिन रहेको छ । बहुमुल्य सामान हराउन सक्नेछ । परिवारमा वेमेलको स्थिति आउनेछ । कुराकाट्नेहरु धेरै हुनेछन्,नैराश्यता उत्पन्न हुने छ ।

मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी)
धनलाभहुने दिन रहेको छ । आर्थिक उन्नति प्रगतिहुने दिन रहेको छ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । शत्रु पराजित हुनेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
आजको दिन तपाईंको पक्षमा देखिएको छ। परिवार तथा सन्तानबाट सहयोग मिल्नेछ । सरकारी काममा सफलता मिल्नेछ । यात्रा सफल हुनेछ । व्यापार व्यवसायमा राम्रो फाइदा हुने दिन रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
धन प्राप्तिको योग छ । मनमा सुख तथा सन्तोष रहनेछ । आँटेका कामहरु पुरा हुनेछन् । आज कुनै नयाँ कामको थालनि हुनेछ । मित्रहरुबाट सहयोग मिल्ने छ । शत्रु पराजित हुनेछन् ।

लेखक: नेपाल ज्योतिष परिषद्,अर्घाखाँचीका उपाध्यक्ष हुन् ।