नयाँ बसपार्कको लोत्से मलमा ‘एन्जेलिना व्यूटी सैलुन’को दशैँ अफर

341

काठमाडौँ, १४ असोज । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कभित्र रहेको लोत्से मलको तेस्रो तलामा रहेको ‘एन्जेलिना व्यूटी सैलुन’ले दशैँ अफर सार्वजनिक गरेको छ ।

एक महिनाअघि लोत्से मलमा स्थापना भएको उक्त सैलुनले चाडपर्वलाई लक्षित गरेर विशेष अफर सार्वजनिक गरेको हो । उक्त सैलुनले नजिकिँदो चाडपर्वलाई लक्षित गरेर रु २५ हजारमा गराउँदै आएको माइक्रोबेल्डिङ सम्बन्धि १५ दिने कोर्षलाई रु १५ हजारमा गराउने भएको छ । दशैँ अफर सार्वजनिक गरेसँगै अब रु ३५०० मा माइक्रोबेल्डिङ सेवा लिन सकिने भएको छ ।

सैलुनकी सञ्चालक अञ्जना थापाले चाडपर्व लक्षित योजनअन्तर्गत विभिन्न कोर्ष र सेवामा एन्जेलिना व्यूटी सैलुनले २५ देखि ५० प्रतिशत सहुलियत प्रदान गरेको जानकारी दिनुभयो ।
यस्तै, उक्त सैलुनले एक हप्ताको सेल्फ मेक अफ कोर्ष रु पाँच हजारमा गराउने भएको छ । यसअघि उक्त कोर्षका लागि दैनिक एक हजार लिँईदै आएको थियो ।

६ महिनाको व्यूटीसियन कोर्षको रु ७५ हजार लिँदै आएको एन्जेलिना व्यूटी सैलुनले चाडपर्व अफरअन्तर्गत ६ महिनाको कोर्ष अब ५० हजारमा गराउने भएको छ । यस्तै, उक्त सैलुनले हेयर स्टेटका लागि रु २०००, केराटिन उपचारका लागि रु ५००० र फेसियल १००० देखि ३५०० सम्म गराउन लागिएको छ ।

उक्त सेवा महिला तथा पुरुष दुबैले लिन सक्ने सञ्चालक थापाले बताउनुभयो ।