कांग्रेस अर्घाखाँचीको सहसचिवमा युवानेता पाण्डे भिड्दै

428

अर्घाखाँची , असौज १५ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा तथा गाउँ नगर अधिवेशन सम्पन्न भएको छ । यस्तै अर्घाखाँची जिल्लामा पनि ६१ वटै वडा, ३ गाउँपालिका र ३ नगरपालिकामा अधिवेशन सम्पन्न भएको छ । अब प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधि सभा निर्वाचन क्षेत्र अर्थात् जिल्ला अधिवेशन हुन बाँकी छ ।

क्षेत्र र जिल्ला अधिवेशनको चुनावी माहोल अर्घाखाँचीमा बढिरहेको छ । जिल्ला सभापतिमा इन्द्रमणि पौडेल , विष्णु खनाल मुस्कान, यादव घिमीरे र केशव श्रेष्ठले उम्मेद्वारी दिँदा उपसभापतिमा प्रेमनारायण बैल्बासे,विष्णुप्रसाद भुसाल, बाबुुराम पौडेल र अशोक श्रेष्ठले उम्मेद्वारी दिने बताएका छन् ।

यस्तै सचिवमा संगिता घिमीरे बेल्बासे, हरि खड्का, कृष्ण खनाल र अच्युत गौतमले उम्मेद्वारी दिँदा सहसचिवमा युवानेताद्वय कमल पौडेल र मेघराज पाण्डेले उम्मेद्वारी दिने बताएका छन् । यस्तै जिल्ला सदस्य र महाधिवेशन प्रतिनिधि पदमा पनि पुराना देखि नयाँ पुस्ताले समेत उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

जिल्ला सहसचिव पदका उम्मेद्वार युवानेता मेघराज पाण्डे नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा जिल्लाकै सबैभन्दा कान्छो क्षेत्रिय प्रतिनिधि रहेका पाण्डे त्यस यता भगवती हालको छत्रदेव (७ बाट लगातार क्षेत्रिय प्रतिनिधि रहदै आएका छन् । सदस्य, सचिव हुँदै २२ बर्षको उमेरमा तत्कालीन समयमा नेपालमै सबै भन्दा कान्छो उमेरमा नेपाल विद्यार्थी संघको अर्घाखाँची जिल्ला अध्यक्ष बनेर आफुलाई नेतृत्वमा स्थापित गरिसकेका छन् । प्रदिप पौडेल केन्द्रीय अध्यक्ष रहेको समयमा जिल्ला अध्यक्ष बनेका पाण्डे जहाँ स्कुल त्यहाँ ने वि संघ अभियान चलाएर अर्घाखाँची भरि संगठन विस्तार गरेर उत्कृष्ट कार्य गरेवापत उत्कृष्ट जिल्ला अध्यक्ष समेत बनेका थिए ।

नेता पाण्डेले आम मानिसहरुको बीच काङ्ग्रेसलाई गर्व र भरोसा योग्य बनाउन,अग्रजको अनुभव र युवाहरुको उर्जालाई समायोजन गरि काङ्ग्रेसलाई गतिशील र चलायमान बनाउन, बिधी, बिधान र पद्धति अनुसार संगठन लाई शसक्त र रुपान्तरण गर्न,पार्टिलाई बदलिदो परिस्थिति अनुसार डिजिटल र प्रबिधी मैत्री बनाउन,आगामी सबै तहका चुनाबमा काङ्ग्रेसलाई अब्बल बनाउन, विपिको सोच र नीति अनुसार पार्टिलाई अगाडि बढाउन, बदलिदो समय अनुसार पूनर्व्याख्या र परिभाषित गर्न, लोकतन्त्रको संस्थागत विकास, सुशासन र आर्थिक पारदर्शिता अबलम्बन गर्न, जिल्ला भित्रका काँङ्ग्रेस र आम मानिसहरुको सेवकको रुपमा काम गर्न, सबै कृयाशिल सदस्यहरुलाई अभियानको रुपमा प्रशिक्षण मार्फत नेतृत्व विकास गर्दै समय अनुसार तार्किक र अध्ययनशिल बनाउन आफुलाई नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट जिल्ला सहसचिवमा जिताउनुपर्ने बताए ।