आजको राशिफल, मिति २०७८ असौज १६ गते शनिबार । तपाइको दिन शुभ रहोस् ।

364

अनन्तप्रसाद घिमीरे । आज मिति २०७८ साल आश्विन १६ गते शनीबार। सन् २०२१ अक्टोबर २ तारिख । नेपाल संवत् ११४१ । राक्षस नाम संवत्सर । सुर्य दक्षिणायन। शरद ऋतु । श्रीशाके १९४३। आश्विन कृष्णपक्ष एकादशी तिथि। अश्लेषा नक्षत्र। मानस योग। बब करण। कर्कट राशीमा चन्द्रमा।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यवसायबाट फाईदा हुनेछ । स्वास्थ्यले साथ दिनेछ । आकस्मिक रूपमा धन प्राप्त हुनेछ । शत्रु सरास्त हुनेछन् । विपरीत लिङ्गसंगको कुराकानिले मन साह्रै प्रसन्न हुनेछ । पारिवारिक सुख प्राप्त हुनेछ ।

बृष (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो) आजको दिन मान सम्मान मिल्नेछ । प्रेमी प्रेमीकाबाट पूर्ण सहयोग मिल्नेछ । धनलाभ हुने दिन छ । यात्रा तथा सवारीसाधनबाट फाईदा हुनेछ । मीठो कुरा खानपाईने दिन रहेको छ ।

मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा) मित्रबाट पूर्ण सहयोग मिल्नेछ ।यात्रा सफल हुनेछ । व्यापार व्यवसायमा राम्रो फाइदा हुने दिन रहेकोछ ।स्वास्थ्य राम्रो रहनेछ । विद्यार्थीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो) मन अशान्त भई रहने छ । व्यापारबाट हानी हुनेछ । शत्रु सबल हुनेछन् । आज मित्रहरुले पनि शत्रुले जस्तै व्यवहार देखाउने छन् । विद्यार्थीका लागि भने अध्ययनमा सफलता मिल्नेछ ।

सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे) स्वास्थ्यमा सामान्य समस्या देखिएला । परिवारका सदस्यहरु संग झगडा हुने योग छ । मन साह्रै चञ्चल हुनेछ । पानी बाट हानीहुने दिन रहेको छ । शरीरमा आलस्यता उत्पन्न हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) नया प्रकृतिको व्यावसाय सुरु गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ भने पति पत्निबिच मायाको डोरो कसिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आकस्मिक लाभ हुने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् भने भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुने हुनाले खुसिले उचाई नाघ्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) घर परिवारसँग मनमुटाब बढ्ने योग रहेकोछ । भौतिक तथा सवारि साधन प्रयोग गर्दा ख्याल गर्नुहोला । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला । माया प्रेममा सामान्य मनमुटाब हुनसक्छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ। पढाई लेखाईमा मेहनेत गरे भन्दा राम्रो नतिजा हात लाग्ने हुँदा मन प्रशन्न हुनेछ । सामाजिक क्षेत्रमा लगानि गर्ने बाताबरण बन्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कुनै पनि प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै अग्र स्थानमा तपाईको नाम आउनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ। लामो समयदेखि फैसला हुन नसकेका बिषयहरु तपाईकै पक्षमा फैसला हुनेछन् ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आज गरिने सकारात्मक प्रयासहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । उत्पादन क्षेत्रमा गरिएको लागानिबाट आउने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । लेखक: नेपाल ज्योतिष परिषद्,अर्घाखाँचीका उपाध्यक्ष हुन् ।