विना टिम नै उम्मेदवार बनेर रामेछापको कांग्रेस सभापतिमा पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित

366

रामेछाप । रामेछापको कांग्रेस सभापतिमा पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् । पहिलो चरणमा तीन उम्मेदवार लडेकोमा कसैले बहुमत प्रप्त नगरेपछि दोस्रो चरणको निर्वाचनबाट कान्छारामले जितेका हुन् ।

“विना टिम नै उम्मेदवार बनेर जितेको छु । उहाँहरू मेरो विपक्षमा लडेको होइन, साथीहरूबीच प्रतिस्पर्धा भएको हो,” कान्छारामले भने, “हामी सबैको उद्देश्य पार्टी बलियो बनाउने हो । मैले हारेको भए उहाँहरूसँगै पार्टी बलियो बनाउने लाग्ने थिएँ ।

मैले जितेँ अब उहाँहरूलाई सँगै लिएर पार्टी बलियो बनाउने हिड्ने हो ।” नेतृत्व छान्न चुनाव भएपनि मैत्रीपूर्ण प्रतिस्पर्धा भएकाले जितहारको कुरा अब जिल्लामा नरहने बताए ।