रामेछापमा बाहलबाला जिल्ला सभापति न्याैपाने पराजित, बिना टिमका उम्मेदवार विजयी

285

काठमाडौं । रामेछाप जिल्लाकाे सभापति चलाईरहेका वर्तमान जिल्ला सभापति नै पराजित भएका छन् । वर्तमान सभापति लवश्री न्याैपाने पराजित भएका हुन । उनलाई काँग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) ले पराजित गरेका हुन । पहिलो चरणमा तीन उम्मेदवार लडेकोमा कसैले बहुमत प्रप्त नगरेपछि दोस्रो चरणको निर्वाचनमा वर्तमान सभापति लबश्री न्याैपानेले पराजय भाेग्नुपरेकाे हाे ।

“विना टिम नै उम्मेदवार बनेर पुर्णबहादुर तामाङ विजयी भएका हुन । उहाँहरू मेरो विपक्षमा लडेको होइन, साथीहरूबीच प्रतिस्पर्धा भएको हो,” कान्छारामले भने, “हामी सबैको उद्देश्य पार्टी बलियो बनाउने हो ।

मैले हारेको भए उहाँहरूसँगै पार्टी बलियो बनाउने लाग्ने थिएँ । मैले जितेँ अब उहाँहरूलाई सँगै लिएर पार्टी बलियो बनाउने हिड्ने हो ।” नेतृत्व छान्न चुनाव भएपनि मैत्रीपूर्ण प्रतिस्पर्धा भएकाले जितहारको कुरा अब जिल्लामा नरहने बताए ।