काठमाडौँ । मेशना डिजिटलको प्रस्तुतीमा दसैँ विशेष गीत ” ए प्रदेशी मुग्लानी” बजारमा आएको छ । गीतमा गायक अर्जुन भुसाल र गायिका मेनुका परियारले स्वर भरेका छन ।

अर्जुन श्रेष्ठको शब्द रहेको उक्त गीतलाई श्री कृष्ण अर्यालले संगित भरेका हुन् भने कमल सौरागले एरेञ्ज गरेका हुन् ।
गीतको म्युजिक भिडियोमा साया भण्डारी, सुमन अधिकारी, युनिसा रेग्मी, विराज गहतराजर बाल कलाकार कृतिशाले अभिनय गरेका छन् ।

गीतको भिडियोलाई रोशन परियारले डाईरेक्सन गरेका हुन् । भिडियोको लागि https://youtu.be/LxjqWAgRFcQ मा क्लिक गर्नुहोला ।