कांग्रेस नेता कंडेलको पहलमा रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामाग्री हस्तान्तरण

149

गुल्मी । रुरु प्राथमिक स्वास्थ्य केन्द्र रिडिमा स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । नेपाली कांग्रेस केन्द्रिय नीति तथा अनुसन्धान प्रतिष्ठानका केन्द्रिय सदस्य योगराज कंडेलको पहलमा स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै स्वास्थ्य केन्द्र उपाध्यक्ष चन्द्रलाल कसजुले स्वास्थ्य सामाग्रीका लागि पहल गर्ने र हस्तान्तरण गर्ने कांग्रेस नेता कंडेललाइ धन्यवाद ब्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै अस्पतालका प्रमुख डा बिकास पन्थीले अधिकाम्स नेता आउने ल गर्छौ भन्दै जाने तर केही नगर्ने गरेको भन्दै योगराज कंडेल वास्तविक नेता रहेको भन्दै प्रसम्सा गर्नुभयो ।

सामाग्री हस्तान्तरण गर्दै नेता एवं सामाजिक अभियन्ता कंडेलले रुरुक्षेत्र १ का वडा अध्यक्ष रामलाल बिक र डा बिकास पन्थीको आग्रहलाइ स्विकार्दै आफुले स्वास्थ्य सामाग्री ल्याएको बताउनुभयो । नेता कंडेलले आफुले नेपाल सरकार र स्वास्थ्य केन्द्रको बिचमा पुलको रुपमा काम गरेको बताउदै आफुलाइ स्वास्थ्य केन्द्रको सेवा गर्न पाउँदा खुसी लागेको भन्दै धन्यवाद ब्यक्त गर्नुभयो । नेता कंडेलले राजनीति आफ्नो ठाउँमा हुने भन्दै यस्ता सामाजिक काममा राजनैतिक भन्दापनी दाजु भाइको नाताले सहयोगमा लाग्नुपर्ने बताउनुभयो ।

सामाग्री हस्तान्तरण कार्यक्रमका अध्यक्ष रामलाल बिकले सामाग्री ल्याउने योगराज कंडेलको मुक्तकण्ठले प्रसम्सा गर्नुभयो । स्वास्थ्य केन्द्रका अध्यक्ष एवं वडा अध्यक्ष बिकले बोल्दै आग्रह गरेको केही दिनमै यसरी स्वास्थ्य सामाग्री ल्याएर नेता कंडेलले चाहे नहुने के रहेछ र भन्ने उदाहरण दिनुभएको बताउनुभयो ।