प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौं वार्षिक साधारण सभा सम्पन्न

256
बुटवल । प्रयास बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल १२ तामनगरको चौधौं वार्षिक साधारण सभा हिमचुली पार्टी प्यालेस, तामनगरमा सम्पन्न भएको छ । कार्यक्रममा अध्यक्ष भिम बहादुर थापा ,सचीव प्रकाश मणि खनाल , कोषाध्यक्ष मोहन शर्मा पाण्डे र लेखा संयोजक नारायण शर्माले आआफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथी बुटवल उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख गुणाखर खनाल र विशीष्ट अतिथी , बुटवल १२का वडा अध्यक्ष दुर्गा सुवेदी हुनुहुन्थ्यो । कार्यक्रममा निवर्तमान अध्यक्ष सुर्य बहादुर राना, निवर्तमान उपाध्यक्ष होमनाथ पौडेल , निवर्तमान सचीव देवराज पौडेल , पुर्व संचालक लोक प्रसाद भण्डारी , जेष्ठ नागरिक गन बहादुर सुस्लिङ, असल बचत कर्ता रण बहादुर चौधरी , असल ऋणि रामबहादुर पुन, उत्कृष्ट कर्मचारी वयवस्थापक प्रदिप पौड्याल , बजार प्रतिनिधि निर्मला पौडेल लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सरस्वती मावि का विद्यार्थी द्वय समीर सुनार र सन्ध्या परियारलार्ई छात्रवृत्ति बितरण गरिएको थियो । ८५६ शेयर सदस्य संख्या, जम्मा ८ करोड पुजी भएको प्रयास सहकारीको कार्यक्षेत्र बुटवल उपमहानगरपालीका सबै वडाहरु हुन् ।
कार्यक्रम संचालक समिति अध्यक्ष भिमबहादुर थापाको अध्यक्षता ,उपाध्यक्ष इश्वरी प्रसाद रेग्मीको स्वागत मन्तव्य , सचिव प्रकाशमणि खनालको सन्चालनमा सम्पन्न भएको थियो ।