नेकपा ओली पक्षले सन्धिखर्कमा भोली वृहत कार्यकर्ता भेला गर्ने, तयारी सकियो

548

हिन्दुखबर संवाददाता
अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली पक्षले अर्घाखाँचीमा भोली सन्धिखर्कमा वृहत कार्यकर्ता भेला गर्ने भएको छ ।

बृहत् कार्यकर्ता भेला तथा सांस्कृतिक कार्यक्रमको लागि टुडिखेलमा हुने र तयारी अन्तिम चरणमा पुगेको कार्यालय सचिव लिलबहादुर विकले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्नका लागी पार्टी स्थायी कमिटी सदस्य तथा उर्जा जलस्रोत तथा सिचाई मन्त्री टोपबहादुर रायमाझी, पार्टी स्थायी कमिटी सदस्य तथा मुख्यमन्त्री लुम्बिनी प्रदेश सरकारका शंकर पोख्रल, पार्टी स्थायी कमिटी सदस्य तथा मन्त्री खानेपानी मणि थापा लगाएतले सम्बोधन गर्न सन्धिखर्कमा आउँने नेकपा अर्घाखाँचीले जनाएको छ ।