विश्व ज्योतिष महासंघको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

198

काठमाडौ ।

विश्व ज्योतिष महासंघ केन्द्रीय समितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । जुम प्रविधि मार्फत आयोजना गरिएको कार्यक्रमका अध्यक्ष विश्व ज्योतिष महासंघका अध्यक्ष डा लोकराज पौडेलले महासंघका आगामी कार्यनीति र रणनीतिको बारेमा जानकारी गराउँदै सम्पुर्णलाई शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा १५ भन्दा बढी देशबाट प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

करिब ५० जना भन्दा बढी उपस्थित रहेको सभामा पदेन उपाध्यक्ष नरेश सिंह, भारतबाट अशोककुमार मिश्र , बेलायतबाट क्षमता ढकाल , केन्द्रीय सचिवालय सदस्य लक्ष्मण पन्थी, हिन्दुखबर डटकमका सम्पादक शिवलाल पौडेल लगायतले शुभकामना व्यक्त गर्दै यश पावन पर्वले सम्पुर्णमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दै नवदुर्ग भवानीले सबैको कल्याण गरुन् भनी कामना गरेका थिए ।

कार्यक्रमका सन्चालक समेत रहेका विश्व ज्योतिष महासंघका महासचिव एवम् संगठन विभाग प्रमुख सन्तोष वाशिष्ठले महासंघको ४० भन्दा बढी देशमा संयोजकहरु चयन गरि कार्य अघि बढेको बताउँदै आगामी दिनमा विश्व ज्योतिष महासंघलाई नमुना संगठनका रुपमा अघि बढाउने बताउनुभयो । शुभकामना आदानप्रदान कार्यक्रम आज केन्द्रीय समितीका बिचमा भएको र भोलि अन्तर्राष्ट्रिय समितिको आयोजनामा विशेष कार्यक्रम हुने आचार्यले वाशिष्ठले जानकारी दिनुभयो ।