आलमदेवि मन्दीरमा यश वर्ष सरायँनाच र मेला नहुने

151

हिन्दुखबर संवाददाता , कात्तिक ०२ ।

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ०५ मैदानमा रहेको आलमदेवि मन्दिरमा सदाका वर्षमा जस्तै हुने सरायँनाच , पन्चबली चढाउने र मेला नलाग्ने आलमदेवी मन्दीर व्यवस्थापन समितिले जानकारी दिएको छ ।

परम्परागत रुपमा कोजाग्रत पुर्णिमाको दिन पाणिनी गाउपालिका वार्ड न ५ मैदान सल्लेरी स्थित आलमदेवी मन्दिरमा हुँदै आएको मेला कोभिड १९ को प्रभाव रहेको कारण जिल्ला प्रशासन कार्यालय अर्घाखाँची को निर्देशन बमोजिम मन्दिर ब्यवस्थापन समितिको निर्णय अनुसार सराय नाच, पन्चवली चढाउने र मेला लाग्ने कार्य यो वर्षलाई स्थगित गरिएको छ । साथै दैनिक नित्य कर्म हुने, दिनभर मन्दिर खुला रहने र आगामी बर्ष देखि सदा झै मेला लाग्ने कुरा सम्पुर्ण भक्तजन हरुलाई जानकारी गराइएको मन्दीर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।