सितापुरमा भलिबल प्रतियोगिता हुँदै, विजेतालाई बिस हजार पुरस्कार

230

हिन्दुखबर, कात्तिक ०५ । झिर्रा युवा भलिबल क्लब शितगंगा न.पा ०२ सितापुर झिर्रा अर्घाखाँचीको आयोजनामा यही कात्तिक ११ गते देखि १३ गतेसम्म खुल्ला अन्तर वडास्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

खेल नक आउटको आधारमा खेलाइने, खेलाडीले आफ्नो वडाको परिचयपत्र जन्मदर्ता वा नागरिकता पेश गर्नुपर्ने, टिममा कोचसहित ९ जनासम्म खेलाडी समावेश गर्न पाइने, खेल अवधिभर खान बस्नको व्यवस्था आफै गर्नुपर्ने, खेल्ने क्रममा कुनै चोटपटक लागेमा वा दुर्घटना भएमा खेलाडी तथा सहभागी समूह नै जिम्मेवारी हुनुपर्ने, खेलाडीको लागि जर्सी अनिवार्य हुनुपर्ने र प्रतियोगितामा कुनै विवाद सिर्जना भएमा आयोजक र अफिसियलको निर्णय नै अन्तिम हुने क्लबका अध्यक्ष विष्णु क्षेत्रीले बताए ।

प्रतिष्पर्धामा प्रथम हुने टिमलाई नगद रु बिस हजार, द्वितीयलाई नगद पन्ध्र हजार र तृतीयलाई नगद रु सात हजार प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडी, उत्कृष्ट सटर र उत्कृष्ट स्पाइकरलाइ पनि नगद र प्रमाणपत्रसहित सम्मान गरिने अध्यक्ष क्षेत्रीले हिन्दुखबर डटकमलाई जानकारी दिनुभयो ।