एमाले र माओवादी परित्याग गरी पाणिनिमा १ सय ६४ जना कांग्रेसमा प्रवेश

734

प्रेमनारायण आचार्य
पाणिनि, ६ असाेज । अर्घाखाँचीकाे पाणिनि गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी परित्याग गरि १ सय ६४ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।

पाणिनि गाउँपालिकाकाे वडा नं. ३ पटाैटि, खिदिम र पालिबाट विभिन्न पाटी परित्याग गरि दुर्गाफाटमा भएको कार्यक्रममा नेपाली कांग्रेसमा प्रबेश गरेका हुन् ।

कांग्रेसमा प्रबेश गरेका १ सय ६४ जनालाई कांग्रेसका केन्द्रीय सदस्य पुस्पा भुसाल , जिल्ला सभापति विष्णुप्रसाद खनाल ( मुस्कान ), पुर्ब जिल्ला सभापति कमल प्रसाद भुसालले अविर, माला र कांग्रेसको सदस्यता प्रदान गरेर पाटी प्रबेश गराउनु भएको हाे ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी , सचिव विष्णुप्रसाद भुसाल , सहसचिव ईन्सु मिया , महासमिति सदस्य सुर्य प्रसाद अधिकारी , यादव प्रसाद घिमिरे , केशब श्रेष्ठ, महाधिवेशन प्रतिनिधि डा. इन्द्रमणि पाैडेल, लेखनाथ पाेख्रेल, कृष्णप्रसाद खनाल , पाणिनि सभापति तुल्सी पाैडेल लगायत कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्य समिति , महासमिति सदस्य , महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि , कांग्रेस भातृ तथा सुभेच्छुक सस्था प्रमुख, प्रतिनिधि लगायत सराेकारवालाकाे उपस्थिति रहेको थियोे ।

कार्यक्रम कांग्रेस खिदिमका सभापति हरि बन्जाडेकाे सभापतितब र शेसकान्त पाेख्रेलकाे सञ्चालनमा शुरु भएको हाे ।