शिवलाल पाैडेल
पाणिनि, ८ कात्तिक । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य पुष्पा भुसालले मुलुकको समृद्धिका लागि गठबंधन बनाएर काङ्ग्रेसले सरकारकाे नेतृत्व गरेको बताउनु भएको छ ।

कम्युनिस्टले देश र जनताको पक्षमा काम गर्न नसकेकोले पुन: नेपाली जनताले नेपाली काङ्ग्रेसलाई नै खोजेको बताउनु भएको छ ।

नेपाली काङ्ग्रेस पाणिनि-६ धातिवाङ्ले आयोजना गरेको भेटघाट तथा अन्तरकृया कार्यक्रममा बोल्दै नेता भुसालले काङ्ग्रेसको संगठन मजबुत बनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रिय सभापति अच्युत गाैतम, महासमिति सदस्य यादव घिमिरे, महाधिवेशन प्रतिनिधि डा. इन्द्रमणि पाैडेल, उद्योग व्यापार तथा वाणिज्य विभागका केन्द्रीय सदस्य मणिराम पाैडेल, जिठल्ला सदस्य माधव पाैडेल, पाणिनि काँग्रेस सभापति तुल्सिराम पाैडेल लगाएतले मन्तव्य राख्नुभएको थियाे । साेहि कार्यक्रममा नेकपा माअाेवादी केन्द्र परित्याग गरि खगेन्द्र पाैडेल काँग्रेसमा प्रवेश गर्नुभएको हाे ।

कार्यक्रम नेपाली काँग्रेस पाणिनि-६ का उपसभापति तारापति पाैडेलकाे अध्यक्षता, क्षेत्रिय प्रतिनिधि शुभबहादुर सारूकाे स्वागत तथा नेपाल विद्यार्थी संघ अर्घाखाँचीका उपाध्यक्ष घनश्याम पाैडेलकाे सञ्चालनमा सम्पन्न भएको हाे ।