सितापुरकाे झिर्रामा खुल्ला भलिबल खेल जारी, विजेतालाई २० हजार पुरस्कार

224

घनश्याम पाैडेल
अर्घाखाँची, १२ कात्तिक । अर्घाखाँची जिल्लाकाे शितगंगा नगरपालिका वडा नं. २ सितापुरकाे झिर्रामा भलिबल खेल सञ्चालन भईरहेकाे छ । खेलमा २३ टिमकाे सहभागीता रहेकाे छ । भलिबल खेलकाे फाईनल खेल भाेलि हुने आयाेजकले जनाएको छ ।

झिर्रा युवा भलिबल क्लब शितगंगा सितापुर झिर्रा अर्घाखाँचीको आयोजनामा यही कात्तिक ११ गते देखि १३ गतेसम्म खुल्ला अन्तर वडास्तरीय भलिबल प्रतियोगिता जारी रहेको छ ।

खेल नक आउटको आधारमा भएको क्लबका अध्यक्ष विष्णु क्षेत्रीले बताउँनुभयाे । खेलमा प्रथम हुने टिमलाई नगद बिस हजार, द्वितीयलाई नगद पन्ध्र हजार र तृतीयलाई नगद सात हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी, उत्कृष्ट सटर र उत्कृष्ट स्पाइकरलाई पनि नगद र प्रमाणपत्रसहित सम्मान गरिने अध्यक्ष क्षेत्रीले हिन्दुखबर डटकमलाई जानकारी दिनुभयाे ।

भलिबल खेलमा नेपाली काँग्रेसका महासमिति सदस्य तथा शितगंगा नगरप्रमुख सुर्यप्रसाद अधिकारीले प्रथम पुरस्कार २० हजार, नेपाली काँग्रेसका नेता राजेन्द्र केसीले द्वितीय पुरस्कार १४ हजार, नेपाली काँग्रेसका नेता नारायणसिंह बेल्वासेले तृतीय पुरस्कार ७ हजार सहित अन्य व्यवस्थापनकाे लागि ३ हजार थप गरेर १० हजार, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि डा. इन्द्रमणि पाैडेलले ४ थान भलिवल, १ थान नेटजालि साैजन्य गर्नुभएको छ ।

त्यस्तै नगर कार्यपालिका सदस्य रामबहादुर दर्नालले ५ हजार, सितगंगा काँग्रेस सचिव हेमनाथ भुसालले ५ हजार, सितगंगा ४ का वडा अध्यक्ष दामाेदर अधिकारीले ३ हजार, भुमिकास्थान नगरपालिका तरूण दलका अध्यक्ष राजकुमार श्रेष्ठले खेलाडीलाई १० थान जर्सि, शिवराम सुनचाँदी पसल अमराईले जर्सि, शिल्ड र मेडल र काँग्रेसका नगरसदस्य कमल अधिकारीद्वारा साउन्ड सिस्टम साैजन्य गर्नुभएको छ ।