भाइटिका २०७८ – कुन देशमा कति बजे साइत ?

630

काठमाडौ ।

विश्व ज्योतिष महासंघ अन्तर्गत अन्तर्राष्ट्रिय पन्चाङ्ग निर्णायक समितिले आज विभिन्न देशका भाइटिका २०७८ को टीका लगाउने साइतहरु सार्वजनिक गरेको छ । विश्व भर रहनुभएका नेपाली आमाबुबा दाजुभाइ तथा दिदिबहिनीहरुको मागलाई ध्यानमा राखी विगत ४ वर्ष देखि विभिन्न देशमा विजयादशमी तथा भाइटिकाको साइत सार्वजनिक गर्न लागेको अन्तर्राष्ट्रिय पन्चाङ्ग निर्णायक समितिका सदस्य सचिव आचार्य सन्तोष वाशिष्ठले बताउनुभयो ।

आज समितिका अध्यक्ष प्राडा माधव भट्टराई र सदस्यसचिव सन्तोष वाशिष्ठले एक विज्ञप्ती मार्फत विभिन्न देशका शुभ साइतहरु सार्वजनिक गर्नुभएको छ ।