घनश्याम पाैडेल
अर्घाखाँची, २५ कात्तिक । नेपाली काँग्रेस अर्घाखाँची क्षेत्र नं. १ (क) काे प्रदेश सभा निर्वाचनकाे अधिवेशन पाणिनि बहुमुखी क्याम्पसमा हुने भएको छ ।
प्रदेश सभा क्षेत्रिय कार्य समितिकाे आज विपि स्मृति भवन सन्धिखर्कमा बसेकाे बैठकले उक्त निर्णय गरेकाे क्षेत्रिय सभापति केशवराज कुवँरले बताउनुभएको छ ।
बैठकमा क्षेत्रिय उपसभापति कृष्ण बेल्वासे, सचिवद्वय युवराज खनाल, ताराप्रसाद फुल्लेल लगाएत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूकाे उपस्थिती रहेकाे थियाे । त्यस्तै प्रदेश सभा क्षेत्र नं. १ (ख) काे बैठक बसेर निर्णय गर्ने काँग्रेसले जनाएको छ। काँग्रेस प्रदेश सभा क्षेत्रिय कार्यसमिति तथा प्रतिनिधिकाे निर्वाचन मंसिर ३ गते हुने तयारी छ । अर्घाखाँचीमा २ प्रदेश सभा क्षेत्र छ ।