अर्घाखाँची, २५ कात्तिक । नेपाली काँग्रेसको महाधिवेशनको सरगर्मी बढेको छ । महाधिवेशनको सरगर्मी बढेसँगै उम्मेदवारहरुको घोषणा सँगै मत माग्न व्यस्त छन् ।
भुमिकास्थान नगरपालिका वडा नं. १० निवासी शेषकान्त गैरेले प्रदेश महाधिवेशन प्रतिनिधी पदमा उम्मेदवारी घोषणा गरेका छन् । गैरै धेरै समयसम्म नेपाल विद्यार्थी संघको राजनितिमा सक्रिय थिए । गैरे पाणिनी बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष भएर काम गरेका थिए ।
गैरे काँग्रेसका युवानेता हुन । अर्घाखाँचीमा प्रदेश सभाको अधिवेशन मंसीर ३ गते हुने छ ।