नेपाली काँग्रेस जिल्ला कार्य समिती अर्घाखाँचीको सदस्यमा हरिप्रसाद खनालको उम्मेदवारी

216

हिन्दुखबर, २६ कात्तिक, अर्घाखाँची । नेपाली काँग्रेस जिल्ला कार्य समितीको सदस्यमा हरिप्रसाद खनालले उम्मेदवारी दिनुभएको छ । । नेपाली कांग्रेस अर्घाखाँची जिल्ला संगठन बिभागका सदस्य एवम छत्रदेवका लोकपृय नेता हरिप्रसाद खनालले अर्घाखाँची कांग्रेसको जिल्ला सदस्यमा उम्मेदवारी घोषणा गरी प्रचारप्रसारमा लाग्नुभएको हो ।

लामो समयसम्म अर्घाखाँची जिल्लाको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा कार्यरत रहेका खनाल जिल्लाका सबै तत्कालिन गाविसहरुमा खानेपानी निर्माणका क्रममा जनताहरुको सहयोगी बनेको र त्यसमा पनि विशेष गरि कांग्रेसको संगठन निर्माण अभियानमा सकृय भएकोले जिल्ला सदस्य पदमा वहाँको उमेदवारीलाई सबैले आवश्यक ठानेका छन ।

बिगत १५ वर्षदेखि नै जिल्लामा समेत नेता हरिका रुपमा परिचित खनाल छत्रदेवमा लोकपृय मानिन्छन । छत्रदेवमा कांग्रेसको जितमा उनको योगदान अतुलनीय हुने कुरामा सबै सहमत भएको र वहाँको उमेदवारी स्वभाविक छ, वहाँलाई जिताउनु भनेको कांग्रेसको संगठन दुर्त गतिमा अगि बढ्नु र कार्यकर्ताले न्याय पाउनु हो । उनलाई नजिकबाट जानेका क्षेत्रिय प्रतिनिधि सञ्जय पाण्डे भन्छन- हरि दाइ जिल्ला सदस्यका उमेदवार हुनुहुन्छ, उहाँ छत्रदेव कांग्रेसको अभिभावक हो, जस्तोसुकै समस्या पनि वहाँले समाधान गर्नुहुन्छ, युवाहरुका पिरमर्का बुझ्ने तथा युवाहरुलाई अगि लगाउन मन पराउने वहाँको बानी हाम्रा लागि अनुकरणीय छ ।

छत्रदेव ४ को वडाको क्षेत्रिय प्रतिनिधि बनाउने सवालमा युवाहरुलाई अधिकतम समेट्न पनि वहाँको ठूलो योगदान छ । त्यसैले सम्पुर्ण क्षेत्रिय प्रतिनिधिहरुमा हरिप्रसाद खनाललाई जिल्ला सदस्य पदमा अत्यधिक मतसहित बिजयी गराउन अनुरोध गर्दछु ।

छत्रदेवमा विपक्षी दलहरुसंग आवश्यकताअनुसार मिलेर सहकार्य गर्न तथा विशेष परिस्थितिमा विपक्षीसंग जुधेर संघर्ष गर्ने कार्यमा समेत वहाँको अब्बलता देख्न सकिन्छ । सबैसंग सरल व्यवहार देखाउने, सबैलाई सहयोग गर्न मन पराउने तथा कार्यकर्ताको समस्या समाधानका लागि हरकदम प्रयासरत रहेर सफलता दिलाउनु वहाँको मुख्य विशेषता हो । विकास निर्माणका काममा तथा कार्यकर्तालाई आवश्यक ठाँउमा रोजगार दिलाउन अहम भूमिका निर्वाह गर्न सक्ने खनाललाई जिताउनु कांग्रेसका लागि सुनौलो अवसर हो ।