पोखरा : मनाङबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङे नेकपाका प्रमुख दुई समूहभन्दा भिन्न वामदेव गौतमको अभियानमा सामेल भएका छन् । गौतम अहिले प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ एवं माधव नेपाल नेतृत्वको कुनै पनि नेकपामा नलागी एकता अभियानमा छन् ।

स्वतन्त्र रुपमा निर्वाचित भई नेकपा प्रवेश गरेका मनाङेले आफू पनि पार्टी एकताको पक्षमा रहेको बताएका छन् । गौतम आफैंले फोन गरेर पार्टी एकताको राष्ट्रिय अभियानमा लाग्न आग्रह गरेको मनाङेले बताएका हुन् ।

मनाङ्गेले पार्टीमा भएको बिवाद मिलाउन आफू पनि लाग्ने बताए ।

बामदेव गौतमले राष्ट्रिय जागरण अभियानमा लाग्न आब्हान गरेपछि आफू त्यतै लागेको मनाङ्गेले बताएका छन् ।

यता मनाङ्गेले धार परिवर्तन गरेपछि गण्डकी प्रदेशमा केपी गुटमा जम्मा २६ जना सांसद मात्र समर्थनमा रहेका छन् । मनाङ्गेको धार परिवर्तनले प्रदेश सरकारको फेरि दुई तिहाई गुमेको छ ।