कांग्रेसलाई शक्तिशाली बनाउन क्षेत्रीय सचीवमा उम्मेदवारी : युवानेता गैरे

254

अर्घाखाँची – कांग्रेसको १४ औं महाधिवेशनमा युवा नेता टोपलाल गैरेले निर्वाचन क्षेत्र नम्बर-२ (ख) को क्षेत्रीय सचिव पदमा उम्मेदवारी घोषणा गरि चुनावी प्रचारप्रसारमा लागेका छन्  । कांग्रेसको पाटी संगठनमा निरन्तर काम गरेका पाणिनि गाउँपालिका वडा नम्बर ५ मैदानका गैरेले क्षेत्रीय सचिव पदमा उम्मेदवारी घोषणा गरेपछि बहुसंख्यक युवाले प्रचारप्रसार गरेका छन् ।

सचिव पदमा रहेर आफुले पाटी संगठन निर्माण, कांग्रेसको जनाधारलाई मजबुद गराउने र शक्तिशाली पाटी बनाउने उनले बताए । पाणिनि गाउँपालिकाबाट गैरेलाई सर्वसम्बत सचिव पदमा कांग्रेसजनले अगाडी सारेका छन् । ‘म सचिव भएपछि पाटीलाई संस्थागत बनाउनेछु, अग्रज र पाटीमा योगदान गरेका कांग्रेसलाई सम्मान गर्दै उहाँहरुको सल्लाह अनुसार अगाडी बढ्दै युवालाई अवसर दिनेछु,’ उनले भने, ‘पाटीलाई अनुशासनमा राख्ने, सिष्टम बसाल्ने र पाटीलाई विधिको रुपमा अगाडी बढाउछु । कामको मुल्यांकन गर्दै फाइल रेकर्ड राख्ने काम गर्छु ।’

सबैलाई मिलाएर एकताबद्ध कांग्रेस बनाएर कांग्रेसलाई सशक्त र अब्बल बनाउने उनले बताए । कांग्रेसमा लोकप्रिय नेताको छवि बनाएका गैरेले गाउँको विकास निर्माणमा अहम भूमिका खेल्दै विकास योजनाका कामलाई अगाडी बढाउने बताए ।