कांग्रेस अर्घाखाँची प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट उपसभापतिमा नेता पोख्रेलको उम्मेद्वारी

277

अर्घाखाँची । नेपाली कांग्रेसको प्रभावशाली भातृ संगठन नेपाल तरुण दल अर्घाखाँची–काठमाडौ सम्पर्क समितिका पुर्व अध्यक्ष अर्जुन पोखरेलले १४ औं महाधिवेशनमा अर्घाखाँची प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट क्षेत्रीय उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । युवामाझ लोकप्रिय पोखरेल कांग्रेस संगठन निर्माणमा युवालाई सक्रिय पारेका छन् ।

अर्घाखाँचीबाट काठमाडौमा छरिएर रहेका युवालाई सम्पर्क समितिमा आवद्ध बनाएर संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका पोखरेलले क्षेत्रीय उपसभापति पदमा रहेका क्षेत्रको कांग्रेस संगठन मजबुद बनाउन लाग्ने बताए ।

‘कांग्रेसभित्रका अग्रजलाई सम्मान गर्दै युवालाई कांग्रेसमा आवद्ध गराएर युवा पुस्ताको नेतृत्व गर्छु,’ पोखरेलले भने, ‘क्षेत्रका गतिविधिलाई सक्रिय पार्दै, प्रशिक्षण सञ्चालन गर्ने, सबैलाई क्रियाशिल बनाएर तीनै तहका चुनावमा कांग्रेस उम्मेदवारलाई जिताउने संगठन बनाउनको लागि उम्मेद्वारी दिएको हिन्दुखबरलाई जानकारी दिए ।